अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने सभापति देउवाले बताए । उनले भने, ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?’
तर अदालतले संसद विघटनलाई सदर गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको उनले बताए ।
धनगढीमा पुगेर शुक्रबार मात्र ओलीले चुनाव गराउँछु भनेको भन्दै उनले भने, ‘अदालतले चुनाव गराउने निर्णय गर्यो भने सबैले भाग लिन्छन्, प्रचण्डजीहरुले पनि भाग लिन्छन् ।’
तर ओलीले चुनाव गराएनन् भने सबै मिलेर सडकबाटै फाल्ने उनले बताए । उनले भने, ‘त्यसबेला उनलाई देशमा बस्न नै गाह्रो हुनेछ ।’
तर ओली आफैं चुनाव प्रचारमा गइसकेकाले ढिलो चाँडो चुनाव हुने विश्वास व्यक्त गरे ।
