Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुन आयातको कोटा बढाउन माग


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २५ २०७७
  • 6.3K
    SHARES

आज सुन चाँदी व्यवसायीको नयाँ नेतृत्व चयन हुँदै

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले सुन आयातको कोटा बढाउन सरकारलाई आग्रह गरेको छ । विदेशी विनिमय सञ्चिती गर्ने नाममा सरकारले सुनको कोटा घटाउँदा व्यवसायीहरु पसल बन्द गर्नु पर्ने अवस्थामा पुगेको महासंघका अध्यक्ष मोहन कुमार विश्वकर्माले बताए ।

काठमाडौंमा सुरु भएको महासंघको सातौं तथा आठौं वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

बजारमा उपभोक्ताले माग गरे बमोजिम सुनको अभाव भएको भन्दै उनले कच्चा पदार्थ नभएर व्यवसाय गर्नै नसकिने अवस्थामा पुगिएको गुनासो गरे । ‘कोरोनाको नाममा व्यवसाय धर्मराएकै छ त्यसमाथि सरकारी कोटा प्रणालीले सिजनमै व्यवसाय चल्न सकेन,’ अध्यक्ष विश्वकर्माले भने, ‘सुनको आयात तत्काल नबढाउने हो भने धेरै व्यासायीहरु पलायन हुने अवस्था आउन बेर लाग्दैन ।’ दैनिक १० किलो सुनको आयातले सात प्रदेशमा वितरण गर्नै नपुग्ने उनको भनाइ थियो ।

सामान्य अवस्थामा दैनिक १५ किलो र सिजनका बेला दैनिक ४० देखि ४५ किलो सुन आयात गर्ने व्यवस्था गर्न पनि उनले सरकारसँग माग गरे । सुन आयातको सम्बन्धमा सरकारी नीति अस्थिर भएको भन्दै अध्यक्ष विश्वकर्माले व्यवसाय प्रवर्द्धन नियमन गर्ने ऐन तथा कार्यविधि तत्काल ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

महासंघका अनुसार एक वर्षमा नेपालमा ५० अर्ब रुपैयाँ बराबरको सुन चाँदीको कारोबार हुन्छ । देशभर २२ हजार व्यवसायी यो क्षेत्रमा संलग्न रहेको र १२ अर्बभन्दा धेरै कर राज्यलाई बुझाउने गरेको महासंघले जनाएको छ ।

नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन

सुनचाँदी व्यवसायी महासंघको सातौं तथा आठौं वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशन काठमाडौंमा सुरु भएको छ । नयाँ कार्यसमिति चयन गर्दै वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार सकिने छ । महाधिवेशनको महासंघका संस्थापक सल्लाहकार एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गरेका थिए ।

महासंघको साधारणसभा तथा अधिवेशनमा सहभागी हुन देशका ६६ जिल्ला र नगरसंघ तथा वस्तुगत र एसोसियट सदस्यहरु गरी ६ सय भन्दा बढी प्रतिनिधि–पर्यवेक्षक काठमाडौंमा छन् ।

महासंघको बन्द सत्र तथा निर्वाचनको कार्यक्रम शनिबारलाई तोकिएको छ । निर्वाचनबाट ५५ सदस्यीय नयाँ कार्य समिति चयन हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४