Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दम्पतीबीच फाटेको सम्बन्धलाई कसरी जोड्ने ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २५ २०७७
  • 3.3K
    SHARES

प्रत्येक सम्बन्धमा एक समय यस्तो आउँछ जब तपाईंको साथीले तपाईंलाई आपत्तिजनक लाग्ने व्यवहारहरू गरिरहेको हुन सक्छ । यस्तो अवस्थामा तपाईंमा चोट पुगेको हुन सक्छ या तपाईंको व्यवहारले तपाईंको साथीलाई चोट पुर्‍याइरहेको हुन सक्छ । धेरै चोटि तपाईं यी चीजहरूलाई बेवास्ता गर्न सक्नुहुन्छ वा यी कुराहरू तपाईंले मतलब नगरिरहेको हुन सक्नुहुन्छ । हुनसक्छ तपाईं भित्रैदेखि धेरै शक्तिशाली हुनुहुन्छ। यो कहिलेकाँही मुडमा पनि निर्भर हुने कुरा हो ।

उदाहरणको लागि, यदि तपाईंको मुड राम्रो छ र तपाईंको श्रीमान् या श्रीमतीले तपाईंलाई केही अपमानजनक शब्द प्रयोग गरेका छन् सकेसम्म त तपाईंले यसलाई बेवास्ता नै गर्न सक्नुहुन्छ । तर तपाईंको मुड सही छैन भने यो अवस्था सिर्जना हुँदैन । यस्तो अवस्थामा सिर्जना हुने दुर्भावले तपाईंको दिमागमा भएको दुर्भावले तपाईंको पार्टनरको लागि नकारात्मक असर बढाउँदै लैजान्छ । त्यस्तो अवस्थामा स्थितिलाई कसरी सामान्य अवस्थामा लिने ?

आफ्नो पार्टनरलाई माफ गरिदिनुहोस्

पहिले तपाईं किन निराश हुनुहुन्छ भनेर पत्ता लगाउनुहोस् । तपाईंको पार्टनरको कुन व्यवहार तपाईंलाई मनपर्दैन ? यदि तपाईंले आफ्नो उदासीनताको कारण पत्ता लगाउनुभयो भने तपाईं यसलाई आफ्नो पार्टनरसँगै नरम व्यवहार गरेर समाधान गर्न सक्नुहुन्छ । एक अर्कासँग खुला रूपले कुरा गर्नुहोस् । कुरा गर्ने बेलामा समाधान नगरिएका कुराहरु छोड्नु राम्रो हुँदैन। सम्भव भएसम्म सम्बन्धमा दुरी बढ्न नदिनुहोस् ।

इगो नराख्नुहोस्
यदि तपाईं जहिले पनि सोच्ने गर्न सक्नुहुन्छ कि तपाईं सही हुनुहुन्छ र आफ्नो पार्टनरले माफी माग्नुपर्छ भन्नेमा तपाईं निश्चित हुनुहुन्छ । यदि यस्तो सोच्नु भएको छ भने यो ठीक कुरा होइन । यदि तपाईंको पार्टनरले पनि यस्तै सोच्छ भने स्थिति अझ खराब हुने गर्छ। यस्तो अवस्थामा कसैले पनि एक अर्कासँग माफी माग्दैन र दुबै अटल हुन्छन्। यसले झनै समस्या सिर्जना गराउन सक्छ । त्यसोभए आफ्नो जिद्दी छोड्नुहोस् र पहिले आफैँआफ्नो साथीलाई बोलाउने कोसिस गर्नुहोस् । दुवैले बोलाउने कोसिस गर्ने हो भने यसले बिग्रिँदो अवस्थालाई व्यवस्थापन गर्न सहज हुन्छ ।

आफ्नो जिम्मेवारी सम्हाल्नुहोस्
यदि तपाईंलाई लाग्छ कि गल्ती तपाईंको तर्फबाट गरिएको छ भने ढिलाइ नगरी यसलाई स्वीकार्नुहोस् । विश्वास गर्नुहोस्, तपाईंको साथीले तपाईंको व्यवहारको लागि माफी दिन कन्जुस्याइँ गर्दैन । चाहे श्रीमान् होस् या श्रीमती माफी दिन कसैले पनि हिच्किचाउने गर्दैनन् । माफी माग्दा विशेष गरेर सम्बन्ध मजबुत गराउन पनि यसले मद्दत गर्छ । तपाईंको व्यवहारले तपाईंहरू दुवैको सम्बन्ध बचाउन पुलको रूपमा काम गर्छ। जतिसुकै ठूलो लडाइँ भए पनि यस्तो पहलले लडाइँलाई चाँडै अन्त्य गर्न मद्दत गर्छ ।

समर्थन भावना
जब तपाईंको साथी तपाईंसँग रिसाउछन्, उनीहरू केटी वा केटा जो सुकै भए पनि त्यो समयमा उसले तपाईंलाई भावनात्मक समर्थनको अपेक्षा गर्छ। यस्तो अवस्थामा यदि तपाईं आफूलाई भावनात्मक रूपमा कमजोर भएको देखाउनुहुन्छ वा उसले खोजेको भावनात्मक समर्थनलाई बेवास्ता गर्नुहुन्छ भने तपाईंले उसबाट सधैंका लागि आदर गुमाउन सक्छ। धेरै सम्बन्धहरूमा ब्रेकअपको सबैभन्दा ठूलो कारण भनेको नै भित्रबाट महिलाको टुक्रिएको मन र आफ्नो पार्टनरप्रतिको आदर गुमाउनु हो । त्यसैले एक अर्काको भावनात्मक सहयोग पनि धेरै महत्त्वपूर्ण कुरा हो।

मौनताको भित्ता भत्काउनुहोस्
साझेदारहरू बीच मौन लडाइँले झगडाले भन्दा बढी हानि गर्छ । यो मौन लडाइँले अभेद्य चट्टानको रूपमा कार्य गर्छ। जुन तोड्न धेरै गाह्रो छ। यस्तो अवस्थामा बुद्धिमानीसाथ काम गर्दै घरका ज्येष्ठ व्यक्तिहरूलाई यसको बीचमा ल्याउनुहोस्, एक अर्कासित राम्रोसँग कुरा गर्नुहोस् । अन्यथा तपाईंले धेरै ठूला निर्णयहरू लिनुपर्दछ। त्यसकारण कुनै पनि अवस्थामा, दुवैले मौन हुनुहुँदैन।

तपाईं आफ्नो सम्बन्धको बारेमा गहिरोसँग सोच्नुहोस्। सानो झगडाको कारण पत्ता लगाउनुहोस् । यो सत्य हो, जो तपाईंलाई प्रेम गर्दछन् तिनीहरूले तपाईंबाट पनि केही आशा गरेकै हुन्छन् । त्यसैले भावनात्मक उपचारबाट दम्पतीबीच फाटेको सम्बन्धलाई जोड्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४