Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीलाई पठायो संविधान


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २४ २०७७
  • 4.8K
    SHARES

 काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ ।

शुक्रबार जुलससहित प्रशासन कार्यालय पुगेको काठमाडौं कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्रसहित संविधानको पुस्तक पठाएको हो । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेका कारण त्यसको विरोधमा काठमाडौंवासीको तर्फबाट आफ्नो पार्टीले विरोध पत्रसहित संविधानको पुस्तक पठाएको पार्टी इन्चार्ज सावित्रा भुसालले जानकारी दिइन् ।

प्रधानमन्त्रीले नेपाली जनताको न्यायपूर्ण आन्दोलनको उलब्धिको रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समेत ध्वस्त पार्ने प्रतिगामी र निरंकुश कदम चालेको उनले बताइन् ।

संविधानको रक्षा र कार्यान्वयन गर्नुको साटो मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने योजना अनुसार प्रधानमन्त्रीले असंवैधिनक रुपमा प्रतिनिधिसभा विघटन गरेको पार्टीका सचिव हिमाल शर्माले बताए ।

अरु जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र र संविधानको पुस्तक बुझाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४