ओली नेतृत्वको सरकारले गर्व गर्न लायक प्रशस्त काम गरेको नेकपा ओली पक्षका सांसद भट्टराईको भनाइ छ । तुइन युगको समाप्ति, लोडसेडिङ अन्त्य, संघीयताको संस्थागत विकास, सुरक्षा अंगको व्यवस्थापन, धरहरा निर्माण अन्तिम चरणमा पुगेको र मेलम्ची निर्माण कार्य अन्तिम चरणमा पुगेको बैठकमा उनले बताए ।
सरकारको संसद संसद विघटनको निर्णय संविधान बमोजिम भएको उनले दाबी गरे ।
