Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भेरी नदीमा बस खस्यो : दुई जनाको अवस्था गम्भीर, एक बेपत्ता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २३ २०७७
  • 3.8K
    SHARES

काठमाडौं । सुर्खेतमा यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

सल्यानको कालीमाटी बाट छिन्चु जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस बोटेचौर भन्ने स्थानमा दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

बस अन्दाजी ३ सय मिटर तल भेरी नदीमा खसेको हो । बसको सम्पूर्ण भाग पानी मुनि पुरिएको छ । रिजर्भका लागि जाँदै गरेको बसमा ३ जना मात्र यात्रु रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते चालकसहित दुई जनालाई सुर्खेतस्थित मेहलकुना अस्पताल लगिएको छ । सहचालक बेपत्ता भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । बेपत्ता सहचालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा बोटेचौर र छिन्चुबाट प्रहरीको टोली पुगेर उद्दारको कार्य जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४