काठमाडौं, / नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१२ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।पछिल्लो २४ घण्टामा ४८३ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या ५ हजार ५८ रहेको छ ।पछिल्लो २४ घण्टामा ५ हजार १३२ जनाको पिसिआर परीक्षण भएको छ ।पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोनाबाट मुत्यु हुनेको संख्या १९०३ पुगेको छ ।