Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युनाइटेडलाई हराउँदै सिटी कारावाओ कपको फाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २३ २०७७
  • 18K
    SHARES

एजेन्सी, / प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी कारावाओ कप (इएफएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आफ्नो बलियो प्रतिद्धन्दी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गर्दै सिटी फाइन प्रवेश गरेको छ ।

युनाइटेडको घरेलु मैदानमा सिटीलाई जित दिलाउन जोन स्टोन्स र फर्नान्डिन्होले एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटीले दुबै गोल दोस्रो हाफमा गर्न सफल भएको थियो ।

५० औं मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ८३ औं मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।

अब सिटीले उपाधिका लागि २५ अप्रिलमा प्रिमियर लिग प्रतिद्धन्द्धी टोटेनहम हस्टपरसँग प्रतिस्पर्धा गर्नेछ । खेल वेम्वली स्टेडियममा हुनेछ । टोटेनहमले यसअघि च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २-० ले हराउँदै फाइनलमा स्थान बनाइसकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४