Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा घर बनाउँदा दुई रूख अनिवार्य, ५ वटा गमला राखे पनि छुट !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २३ २०७७
  • 3.4K
    SHARES

काठमाडौं । दुई दिनअघि काठमाडौंमा प्रदूषणले आपकालको तह पार गर्‍यो । कंक्रिटको जंगल भइसकेको काठमाडौं शहरभित्र बोट विरुवा बिरलै भेटिने भएकाले पनि वातावरणीय प्रदूषण उच्च भएको विज्ञहरुले बताएका छन् ।

घरै-घरले भरिएको काठमाडौं महानगरपालिकाभित्र त झन बोट-विरुवा भेट्नु मुस्किल हुने अवस्था बनिसक्यो । काठमाडौं महानगरपालिकाले बोट विरुवा प्रवर्द्धनको लागि नीति नै नबनाएको हैन । तर, नीति कार्यान्वयन गर्न काठमाडौं महानगरपालिका जिम्मेवार ढंगले लागेको छैन ।

नियमअनुसार एक घरमा दुई वटा विरुवा नभई भवन निर्माण  सम्पन्न भएको प्रमाणपत्र पाइन्न । तर, यो नियम बाध्यकारी हैन ।

काठमाडौंमा २ पैसा जग्गामा पनि घर बनाउन अनुमति दिने गरिएकाले २ वटा बोटविरुवा लगाउन नसक्ने भन्दै सजिलो वैकल्पिक व्यवस्था गरिएको छ ।काठमाडौं महानगरपालिकाले दुई वटा विरुवा रोप्न नसक्ने घरधनीले ५ वटा गमलामा विरुवा रोपेको भए निर्माण सम्पन्न गर्ने नियम पनि बनाएको छ ।

महानगरपालिकाका नक्सा विभागका प्रमुख सुरज शाक्यका अनुसार काठमाडौंमा जग्गा थोरै मात्रै उपलब्ध रहेको सबैले दुईवटा विरुवा रोप्ने अवस्था नरहेको बताए ।त्यसैकारण ५ वटा गमलामा विरुवा रोपेमा नक्सा जाँचपास हुन्छ, निर्माण सम्पन्न भएको प्रमाणपत्र समेत दिन्छौं,’ उनले भने,’सबै घरमा विरुवा रोप्न ठाउँ हुँदैन, तर कोसीमा गमालामा विरुवा रोप्न धेरैजसोलाई सहज नै छ ।’

गमलामा कस्ता विरुवा रोप्ने भन्ने नियम पनि छैन । गमलामा तरकारी र सिजनल फलफूलकै विरुवा रोपेपनि महानगरपालिकाले निर्माण सम्पन्न भएको प्रमाणपत्र दिन्छ ।

रुख नै अनिवार्य गर्दा व्यवहारिक नहुने र कतिपय घरमा जग्गा उपलब्ध भएपछि घाम नलाग्ने भएकाले विरुवा हुर्किन नै सम्भव नहुने शाक्य बताउँछन् ।‘मेरै घरको कौसीमा पनि ९० भन्दा बढी गमला छन्,’ उनले भने,’तर घरको पछाडि खाली भागमा विरुवा रोपेपनि बच्नै सकेनन् ।’

जमिन उपलब्ध भएसम्म घरधनीले विरुवा रोप्न रुचाउने र जग्गा नै नभएको खण्डमा कौसीमा गमलाको उपयोग भइरहेको तर्क शाक्यले गरे । यसले गर्दा काठमाडौंमा हरियाली प्रवर्द्धन गर्न थोरै भएपनि मद्धत मिलेको शाक्यको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४