Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेयर धितो कर्जामा आकर्षण– पाँच महिनामै साढे १७ अर्ब लगानी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २३ २०७७
  • 5.8K
    SHARES

काठमाडौं । सेयर धितो कर्जामा आकर्षण देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै करिब साढे १७ अर्ब रुपैयाँ सेयर धितोमा लगानीमा गरेका छन् ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्म पनि ५० अर्ब ४१ करोड रुपैयाँमात्रै सेयर धितो कर्जा लगानीमा रहेको थियो । पछिल्लो पाँच महिनामै यस्तो कर्जा १७ अर्ब ४४ करोड रुपैयाँले वृद्धि भएको छ ।

पछिल्लो एक महिनाकै तथ्यांक हेर्ने हो भने पनि साढे ६ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी भएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार सेयर धितोमा लगानी हुने कर्जा चालु आर्थिक वर्षको पाँच महिनामा ६७ अर्ब ८५ करोड रुपैयाँ भन्दा धेरै देखिएको छ ।

कात्तिक मसान्तसम्म ६१ अर्ब ३१ करोड रुपैयाँ रहेको सेयर धितो कर्जा एक महिनामा नै बढेर ६७ अर्ब ८५ करोड रुपैयाँ भन्दा धेरै भएको हो । पछिल्लो समय सेयर बजारतर्फ लगानीकर्ता आकर्षित हुँदा यो क्षेत्रमा जाने कर्जाको मात्रा पनि बढेको हो ।

मंसिर महिनामा सेयर बजार निकै माथि पुगेको छ । यो महिनामा सेयर बजारमा एकैदिन ९ अर्ब रुपैयाँ भन्दा धेरैकोसम्म कारोबार भएर नयाँ रेकर्ड समेत कायम भएको थियो । पछिल्लो केहि वर्षको तथ्यांक हेर्ने हो भने पनि सेयर धितोमा जाने मार्जिन नेचरको कर्जामा निजरन्तर उकालो लागेको छ ।

आर्थिक वर्ष २०७४/७५ को असार मसान्तसम्म यस्तो प्रकृतिको कर्जा ४१ अर्ब १३ करोड रुपैयाँमात्रै लगानीमा रहेको थियो । आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्म आइपुग्दा भने ४५ अर्ब ४२ करोड रुपैयाँ सेयर धितोमा कर्जा लगानी भएको राष्ट्र बैंक बताउछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४