Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद विघटन प्रकरण : रिट निवेदकहरुले मागे बृहत पूर्ण इजलास


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २२ २०७७
  • 5.2K
    SHARES

काठमाडौं । रिट निवेदकहरुले संसद विघटनको मुद्दामा सुनुवाईका लागि वृहत पूर्ण इनलास गठनको माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका छन् । त्यसविरुद्ध परेको १२ वटा रिटमा विपक्षीहरुको लिखित जवाफ मागेर बुधबारदेखि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेवबहादुर केसीको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले रिट निवेदकहरुको तर्फबाट संयुक्त निवेदन पेश गरेका छन् । संवैधानिक इजलासले अन्तिम व्याख्याका लागि वृहत पूर्ण इजलास गठनको आदेश दिनुपर्ने उनीहरुको माग छ ।

‘प्रतिनिधिसभा विघटन गर्ने विषय संवैधानिक व्याख्याको विषय मात्र नभई संविधान र कानूनको गम्भीर व्याख्या गर्नुपर्ने विषय हो, यसको अन्तिम व्याख्या बृहत पूर्ण इजलासले मात्र गर्न सक्दछ’ कोभिड–१९ बारे पनि बृहत पूर्ण इजलासबाट व्याख्या भएको उल्लेख गर्दै निवेदनमा भनिएको छ, हामीले उठाएको विषयलाई पनि वृहत पूर्ण इजलासले अन्तिम व्याख्या गर्नुपर्दछ भन्ने हाम्रो संयुक्त निवेदन छ ।’

हेर्नुस् निवेदन

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४