Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिका निर्वाचनः माथिल्लो सदन सीनेट पनि डेमोक्र्याटको नियन्त्रणमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २२ २०७७
  • 2.6K
    SHARES

काठमाडौं, पुस २२ । अमेरिकाको माथिल्लो सदन सिनेट पनि डेमोक्र्याटहरुको नियन्त्रणमा जाने करिब निश्चित भएको छ ।

जर्जिया राज्यमा सीनेटको दुई सीटका लागि भएको पुननिर्वाचनमा डेमोक्रेट पार्टीले जित्ने करिब निश्चित भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दुई मध्ये एक सीटमा जीत सुनिश्चित भइसकेको छ भने अर्को सीटमा तीब्र प्रतिष्पधा देखिएको छ ।

मत परिणामअनुसार डेमोक्र्याट उम्मेदवार राफायल वार्नकको जीत सुनिश्चित भएको छ । उहाँले रिपब्लिकन सिनेटर केली लेफ्लरलाई पराजित गर्नुभएको हो ।

अर्का डेमोक्रयाट उम्मेदवार जोन असफले झिनो मतका साथ रिपब्लिकन सिनेटर डेविड पर्ड्यूमाथि अग्रता लिनुभएको छ । वार्नक र असफको जीतसँगै एक सय सदस्यीय सीनेटमा दुबै पार्टीको आधा आधा सीट अर्थात् ५०–५० सदस्य पुग्नेछन् ।

तर सीनेटको अध्यक्षता उपराष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था भएकाले मत बराबर भएमा उपराष्ट्रपति कमला ह्यारिसको मत निर्णायक हुने भएकाले सीनेटको सहमति लिन राष्ट्रपति जो बाइडनलाई सजिलो हुनेछ ।

तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा लगातार बहुमतमा रहेको डेमोक्र्याट राष्ट्रपति बाइडनलाई सीनेटको बहुमतले आफ्ना नीति कार्यान्वयनमा सहजता हुनेछ ।

गत नोभेम्बर ३ मा सम्पन्न अमेरिकी निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि जनवरी ५ फेरि मतदान गरिएको हो ।

नोभेम्बरमा भएको निर्वाचनमा पराजीत भएरपनि हार अस्वीकार गरिरहनुभएका वहालवाला रिपब्लिकन राष्ट्रपति डोनल्ड ट्रम्पका लागि जर्जिया सीनेटको पुननिर्वाचन परिणाम अर्को धक्का हो ।

निर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले यही जनवरी २० मा अमेरिकाको राष्ट्रपतिका रुपमा शपथ लिँदै ह्वाइट हाउसको कमाण्ड सम्हाल्नु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४