Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जर्जियामा दुई सिनेटका लागि भएको मतदानमा डेमोक्रेटिक उम्मेदवारहरुको अग्रता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २२ २०७७
  • 2.9K
    SHARES

काठमाडौं । जर्जियामा अमेरिकी सिनेटको २ सिटका लागि भएको निर्वाचनको पछिल्लो मतपरिणाममा डेमोक्रेटिक उम्मेदवारहरुको अग्रता देखिएको छ । चुनावमा रिपब्लिकन उम्मेदवारहरु डेभिड पर्डयु र केली लोफ्लर मैदानमा छन् ।

त्यस्तै डेमोक्रेटिक उम्मेदवारहरुमा जोन ओसफ र राफल वार्नक रहेका छन् । सिनेटमा अहिले ४८ सिट डेमोक्रेटिक पार्टीको र ५० सिट रिपब्लिकन पार्टीको छ । जर्जियाको दुई सिटले सिनेटको बहुमत निर्धारण गरेर सिंगै अमेरिकाको परिदृश्य परिवर्तन गर्न सक्ने भएकाले यो चुनावलाई महत्वका साथ हेरिएको छ ।

यही चुनावी परिणामले अमेरिकाको सिनेटमा कुन राजनीतिक दलको नियन्त्रण कायम हुनेछ भन्ने कुराको निर्धारण गर्नेछ । तल्लो सदनमा यसअघि नै डेमोक्र्याट्सको नियन्त्रण कायम भइसकेको छ । जर्जियामा दुबै सिट रिपब्लिकनले जितेमा सिनेटमा रिपब्लिकनको बहुमत कायम हुनेछ ।

यसो भएमा बाइडेन प्रशासनले संसदबाट आफूले चाहेका विधेयक आगामी दुई वर्षसम्म पारित गराउन मात्र नभई विभिन्न नियुक्तिमा समेत रिपब्लिकनको सहमति लिनु पर्ने छ । एउटामात्र सिट रिपब्लिकनले जितेमा पनि सिनेटमा रिपब्लिकनकै बहुमत कायम हुनेछ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४