Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२ सय २० केभी प्रसारण लाइन निर्माणको काम ६५ प्रतिशत सकियो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २२ २०७७
  • 4.1K
    SHARES

रसुवा । रसुवामा निर्माण भइरहेको चिलिमे त्रिशूली २ सय २० केभी प्रसारण लाइन निर्माण ६५ प्रतिशत काम सकिएको छ । राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि निमार्ण भइरहेको प्रसारण लाइनको यही जनवरीमा निर्माण सम्पन्न गर्ने कार्ययोजना रहेको छ ।

सन् २०१७ डिसेम्बर २० देखि प्रसारण लाइन निर्माण सुरु भएको आयोजनाले कोरोना भाइरसको असर, भौगोलिक विकटता, सडकको पहुँच नपुगेको तथा डिजाइनमा धेरै समय लागेको निमार्णमा ढिलाई गरेको जनाएको छ । प्रसारण लाइन निर्माण पश्चात जिल्लाको गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाको उत्पादन जोडिने छ ।

पीङ्गाओ ग्रुप अफ कम्पनी चाइनाले निर्माण गरीरहेको निर्माण कार्यको अहिले फाउण्डेसन निर्माण र प्रोटेक्सनको काम भइरहेको छ ।

यो प्रसारण लाइनमा २१६ मेगावटको माथिल्लो त्रिशूली एक, १२० मेगावटको रसुवा भोटेकोसी, १११ मेगावटको रसुवागढी, ७८ मेगावटको सान्जेन खोला, ४२ दशमलब ५ मेगावटको सान्जेन, २० मेगावटको लाङटाङखोला, १४ दशमलब ८ मेगावटको माथिल्लो सान्जेन, ६ दशमलव ४२ मेगावटको माथिल्लो मैलुङ ए जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ । यो प्रसारण लाइनमा ५ सय मेगावट विद्युत् जडान गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४