Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ताजा जनादेश प्राप्त नगरी कांग्रेसले सरकार बनाउने लोभ गर्नु अनैतिक र अप्रजातान्त्रिक : कमल थापा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २२ २०७७
  • 5.5K
    SHARES

काठमाडाैं,/  राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ताजा जनादेश प्राप्त नगरी कांग्रेसले सरकार बनाउने लोभ गर्नु अनैतिक र अप्रजातान्त्रिक भएको टिप्पणी गर्नु भएको छ । बागमती प्रदेशमा काँग्रेस सरकारमा जानसक्ने संसदीय दलको नेताको भनाई आएपिछ थापाले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गर्नु भएको हो ।

थापाले नेकपा कानुनी रुपमा नफुटेको अवस्थामा काँग्रेसले सरकारमा जान लोभ गर्नु गलत भएको बताउनुभयो । केपी ओलीको असफलता र ज्यादतीबाट मुक्तिको निमित्त पनि ताजा जनादेशमा जान उपयुक्त भएको उहाँले बताउनुभयो ।

सामाजिक सञ्जाल ट्वीटरमा थापाले लेख्नु भएकाे छ- ‘कानुनीरूपमा नेकपा फुटेको छैन । ताजा जनादेश प्राप्त नगरी कंग्रेसले सरकार बनाउने लोभ गर्नु अनैतिक र अप्रजातान्त्रिक हुन्छ।केपी ओलीको असफलता र ज्यादतीबाट मुक्तिको निमित्त पनि ताजा जनादेशमा जानुपर्छ। संबिधान/प्रजातन्त्रको रक्षा जनताको म्याण्डेटले गर्छ।कानुनी तिकडम/अपवित्र गठवन्धनले होइन ।’

जनताले कुनै पार्टीलाई स्पष्ट बहुमत नदिएको अवस्थामा गठवन्धन सरकार स्वभाविक भएपनि एक पार्टीले स्पष्ट बहुमत पाएको अवस्थामा पार्टी फुटाएर, सांसद किनबेच गरेर, अपवित्र गठवन्धन बनाएर सरकार बनाउने कार्य संविधानको आशय नभएको उहाँको भनाइ छ ।

संसद विघटनको संवैधानिकताको परिक्षण अदालतले गर्ने हुँदा अदालतलाई दवाव र प्रभाव पार्ने काम सरकार र सडक कतैबाट गर्न नहुँने उहाँको तर्क छ । थापाले गत निर्वाचनमा जनताले स्थिर सरकारको निमित्त नेकपालाई बहुमत दिएका तर जनताको म्याण्डेटलाई नेकपाले धोखा दिएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४