Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २२ २०७७
  • 4.4K
    SHARES

काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति पदमा नियुक्त हुन इच्छुक व्यक्तिसँग दरखास्त माग गरेको छ ।

हालका उपकूलपति रामकण्ठ मकाजुको लगातार दोस्रो कार्यकाल आउँदो माघ पहिलो साता सकिँदै छ । शिक्षा मन्त्रालयले काठमाडौं विश्वविद्यालयको उपकुलपति हुन इच्छुक व्यक्तिलाई पुस २७ गतेभित्र सिफारिस समितिका अध्यक्ष एवम् शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको इमेलमा व्यक्तिगत विवरण पठाउन भनेको छ ।

प्राप्त विवरणका आधारमा योग्य व्यक्तिको नामावली सिफारिस समितिले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने र कुलपति एवम् प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ । हालका उपकुलपति माकाजु पुनः तेस्रो कार्यकालका लागि उपकुलपति नियुक्त हुने दाउमा छन् । तर पहिलो कार्यकालमा नियमविपरीत मेडिकल कलेजलाई सम्बन्धन दिएको, दोस्रो कार्यकालमा विश्वविद्यालयको रकम अपचलन गरेको, शंकास्पद विदेशी संस्थासँग सम्झौता गरेको लगायतका आरोप लागेकाले उनलाई अब फेरि उपकुलपति बनाउन नहुने माग प्राध्यापक तथा कर्मचारीहरुले राख्दै आएका छन् ।

प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न सहकुलपतिसमेत रहेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेका छन् ।

सिफारिस समितिमा विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्मा र बोर्ड अफ ट्रस्टीका अध्यक्ष दमननाथ ढुंगाना सदस्य छन् । तर, कतिपयले टस्ट्री गैरकानुनी संरचना भएको र त्यसलाई काठमाडौं विश्वविद्यालयको ऐनले नचिन्ने बताउँदै आएका छन् ।उपकुलपति माकाजुले ढुंगानालाई बोर्ड अफ ट्रस्टीको अध्यक्षमा निरन्तरता दिने र ढुंगानाले माकाजुलाई उपकुलपति सिफारिस गर्ने खेल चल्दै आएको जानकारहरु बताउँछन् ।

काठमाडौं विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले सिफारिस समितिमा आफ्ना प्रतिनिधि पनि राख्न माग गर्दै आए पनि उनीहरुको माग सम्बोधन भएको छैन ।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष विवेक बरालले अघिल्लो वर्ष प्राध्यापक तथा कर्मचारीहरुसँग ‘एक व्यक्ति एक पद र अधिकतम दुई कार्यकाल’ को सहमति माकाजुले जनाएकाले फेरि पनि माकाजुलाई उपकुलपति बनाउन नहुने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४