Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली समूहलाई कमिटीबाट नहटाउनु सच्चिएर आउने अवसर हो : नारायणकाजी श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २१ २०७७
  • 3.5K
    SHARES

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली समूहका नेताहरुलाई संगठनबाट नहटाउनुको कारण सच्चिएर आउने अवसर भएको बताएका छन् । मंगलबार पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले ओली समूहमा रहेका नेताहरुलाई रुपान्तरणका लागि अवसर भएको बताए ।

‘संघर्ष मैत्रीपूर्ण होस्, शत्रुतापूर्ण नहोस् भन्ने नै हो । अझै पनि रुपान्तरणको लागि अवसर दिएका छौं’, उनले भने । निर्वाचन आयोगबाट समेत नेकपाको वैधानिकता आफूहरुले पाउने श्रेष्ठले बताए । प्रचण्ड र माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओली समूहमा उभिएकाहरुलाई पनि कमिटीमा कायमै राखेका छन् ।

संवैधानिक निकायहरुलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ । त्यसरी स्वतन्त्र ढंगले निर्णय गर्दा हामी नै नेकपा हौं’, उनले भने । आयोगको विधानले जोकोहीले बुझ्ने भन्दै श्रेष्ठले अर्को समूहले विभाजन अगाडिको ४० प्रतिशत बनाए अर्को दल बनाउन पाउने बताए ।

संसद पुनर्स्थापना हुनेमा सतप्रतिशत विश्वास रहेको पनि श्रेष्ठले बताए । प्रचण्ड र माधव समूहले बनाएको जनसंघर्ष समितिका संयोजक रहेका श्रेष्ठले संसद पुनर्स्थापना नभएसम्म संघर्ष कायम हुने पनि बताए ।

पार्टी विभाजन कार्यशैलीगत र व्यवहारका कारणले मात्रै नभएर क्रान्ति र प्रतिक्रान्तिका बीचमा समेत भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४