Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाइडेनको शपथ अगावै ट्रम्पले अमेरिका छाड्ने !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २१ २०७७
  • 2.6K
    SHARES

एजेन्सी, / अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका सन्दर्भमा एउटा सनसनीपूर्ण समाचार बाहिरिएको छ । उहाँ औपचारिक रुपमा सत्ता हस्तान्तरण नै नगरी ह्वाइट हाउस छाड्ने तयारीमा हुनुहुन्छ ।

भर्खरै सम्पन्न दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा होमिनुभएका उहाँ चुनावी हारपछि पराजय स्वीकार्ने नसकेर परिणाम नै बिथोल्न अनेकन प्रयासमा लाग्नुभएको छ ।

सारा प्रयासहरु निरर्थक हुँदै राष्ट्रपति पद हस्तान्तरणको औपचारिक मिति जनवरी २० नजिकिँदै गर्दा उहाँ उक्त दिनको राजकीय समारोहमै उपस्थित नहुने तयारीमा जुट्नुभएको दावी गरिएको छ । यदि यस्तो भएमा यो अमेरिकी इतिहासमै अर्को अनौठो घटना मानिनेछ ।

द गार्डियन लेख्छ, जो बाइडेनले औपचारिक रुपमा सत्ता सम्हाल्नु एक दिन अघि नै ट्रम्प स्कटल्याण्ड उड्ने तयारी हुनुहुन्छ । त्यसका लागि उहाँले आधिकारिक रुपमा उडान भर्ने गरेको विमानलाई तयारी अवस्थामा राखिएको छ ।

निर्वाचनलाई धाँधलीको संज्ञा दिँदै परिणाम उल्ट्याउन अनेकन बहानाको खोजी गरिरहनुभएका ट्रम्पका लागि २० जनवरीमा बाइडेनले सत्ता सम्हाल्दै गरेको दृश्य निकै कठोर हुनेछ । त्यसैले पनि उहाँ उक्त कार्यक्रममै उपस्थित नहुन त्यसअगावै अमेरिका छाड्ने दाबी गरिएको हो ।

केही रिपोर्टले उक्त दिनमा ट्रम्प फ्लोरिडास्थित आफ्नो निजी क्लबमा जानसक्ने बताइरहँदा स्कटल्याण्डको पत्रिका ‘सन्डे पोस्ट’ ले भने ट्रम्प स्कटल्याण्डस्थित टर्नबेरी गोल्फ कोर्स रिसोर्टनजिक प्रेस्टविक एयरपोर्टमा १९ जनवरीमा अमेरिकी सैन्य विमान बोइग ७५७ आउने सूचना दिइएको दाबी गरेको छ ।

जुन विमान यसअघि ट्रम्पले निकै पटक प्रयोग गर्नुभएको थियो । अमेरिकी सैन्य विमानले टर्नबेरी आसपास इलाकामा निगरानी गरिरहेको दावी पनि रिपोर्टमा गरिएको छ । उक्त विमान ट्रम्पभन्दा बढी उप–राष्ट्रपति र फर्स्ट लेडी मेलानिया ट्रम्पले गर्दै आएको पनि जनाइएको छ ।

केही रिपोर्टले त ट्रम्पको व्यवसाय ऋणमा डुबेकाले आगामी दिन उहाँका लागि सजिलो नभएको टिप्पणीसम्म गर्न भ्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४