Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साझा प्रकाशनकाे सञ्चालक समितिका लागि निर्वाचन शुरु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २१ २०७७
  • 4.3K
    SHARES

काठमाडाैँ, /  साझा प्रकाशनको यही पुस २५ गते तय गरिएको २४ औँ साधारणसभाअन्तर्गत आजदेखि सञ्चालक समितिका अध्यक्षमा निर्वाचन शुरु भएको छ । अध्यक्षसहित तीन सञ्चालक सदस्यका लागि निर्वाचन प्रक्रिया शुरु भएकामा तीन सदस्य निर्विरोध चयन भएकाले अध्यक्षमा मात्र निर्वाचन हुन लागेको हो । अध्यक्षमा सञ्चालक समितिका पूर्वसदस्यद्वय डा विजय सुब्बा र डा जीवनचन्द्र कोइरालाले उम्मेदवारी दिनुभएको छ ।

सञ्चालक सदस्यमा हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा निर्विरोध निर्वाचित हुनुभएको छ । सदस्यमा उम्मेदवारी दिनुभएका वियोगी बुढाथोकी, ज्ञानु अधिकारी र यशोदा अधिकारीले सहमतिमा उम्मेदवारी फिर्ता लिनुभएको थियो । निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईका अनुसार पुस २१ देखि २४ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचनका लागि समय निर्धारण गरिएको छ ।

 

कुल एक हजार ४५७ अंशियार ९शेयर सदस्य० रहेको भाषा–साहित्यको सो ऐतिहासिक संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिका अध्यक्षमा पहिलोपटक निर्वाचन हुन लागेको हो । विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्ष नियुक्ति हुने गरेको थियो । यसैगरी लेखा सुपरीवेक्षण समितिका एक संयोजक र दुई सदस्यका लागि पनि निर्वाचन हुनेछ ।

संस्थाको कुल नौ सदस्यीय सञ्चालक समितिमा अर्थ भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण र विषयगत मन्त्रालयबाट एकएक सहसचिव रहनेछन् भने एक विज्ञ सदस्यमा नेपाल सरकारले नियुक्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४