Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विमानस्थलबाट गोलीसहित पक्राउ परेका राईलाई हातहतियार सम्बन्धी मुद्दा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २० २०७७
  • 3.9K
    SHARES

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित पक्राउ परेका व्यक्तिलाई हातहतियार तथा खरखजना सम्बन्धी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्ने भएको छ ।

विमास्थलबाट समातिएका झापाको मेचीनगर नगरपालिकाका बद्रीहाङ राईलाई हातहतियार ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउन प्रहरीले अदालत लगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार श्री एयरलाइन्सबाट झापाको भद्रपुर विमानस्थल जान लाग्दा उनी पक्राउ परेका थिए । र, थप कानुनी कारबाही र अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको थियो ।

गौशाला प्रहरीले राईलाई हातहतियार तथा खरखजना सम्बन्धी ऐनअनुसार म्याद थप गर्नका लागि जिल्ला अदालत, काठमाडौंमा लगेको हो । गौशालाका डीएसपी जितेन्द्रकुमार बस्नेत भन्छन्, ‘कानुनी प्रक्रिया अघि बढाउन म्याद थपका लागि अदालत उपस्थित गराइसकेका छौं ।’

सोमबार विमानस्थलमा नियमित चेकजाँचका क्रममा राईको लगेजभित्र रहेको ज्याकेटमा ९ एमएम पेस्तोलमा लाग्ने ५० राउण्ड गोली भेटिएको थियो । राई आमा मुनादेवीसँग झापा जान लागेका थिए ।

पक्राउ परेपछि राईले झोलामा गोली भएको आफूलाई थाहा नभएको बताएका छन् । प्रहरीका अनुसार राई अवकाश प्राप्त प्रहरी नायब निरीक्षक (सई) रामचन्द्रका छोरा हुन् । बुबाले नै ज्याकेट ल्याइदिनु भनेपछि लगेको छोराको बयान छ ।

बहालवाला प्रहरी अधिकारीले समेत त्यति ठूलो संख्यामा गोली बोक्दैनन् । पूर्वप्रहरीले राख्नु गैरकानुनी नै हो । ‘छोराको भनाइ अनुसार बुबाले गोली राखेको हो कि भन्ने देखिन्छ, उनले किन राखे भन्ने विषयमा पनि छानविन गरिररहेका छौं’, काठमाडौं प्रहरीका एक अधिकृत भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४