काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु चरीबाघको छाला (आखेटोपहार) सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुङ्लिन नगरपालिका-८ का ३१ वर्षीय कमल प्रसाद सुनुवार रहेका छन् ।
वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि परिचालित प्रहरी टोलीले काठमाडौंको टोखा नगरपालिका-७ धापासीबाट दुई थान चरीबाघको छालासहित आइतबार नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिएका सुनुवारलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, काठमाडौंको जिम्मा लगाइएको व्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए ।