Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिलिजुली टिकटक परिवारद्वारा क्यान्सर पीडित महिलालाई सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २० २०७७
  • 6K
    SHARES

काठमाडौँ, / मिलिजुली टिकटक परिवारले क्यान्सर पीडित महिलालाई सहयोग गरेको छ । सो परिवारले नगद रु ७५ हजार ५ सय १५ सहयोग हस्तान्तरण गरेको हो । ‘मानव सेवा नै मुल धर्म हो’ भन्ने मुल नाराका साथ मिलिजुली टिकटक परिवारले सिद्धार्थनगर नगरपालिका ६ रुपन्देही निवासी हाल पाठेघर क्यान्सर रोगबाट पीडित ५१ वर्षीया ज्योति पौडेललाई उपचारको लागि उक्त रकम हस्तान्तरण गरेको हो ।

मिलिजुली परिवारमा आवद्ध करिब ३ दर्जन सदस्यहरु ललितपुर बालकुमारीस्थित अभिनाष चर्चमा जम्मा भई बिरामीका श्रीमान सुनिल पौडेललाई उक्त रकम हस्तान्तरण गरेका छन् । मिलिजुली टिकटक परिवारले बालआश्रम, बृद्वाआश्रम गरिब दिनदुखी हरुको हितमा विगत ५ महिना देखि काम गर्दै आएको कार्यक्रम संयोजक माधव शर्माले बताउनु भएको छ ।

ललितपुर हत्तिवनस्थित नेपाल क्यान्सर अस्पतालमा २ महिना देखि उपचारत बिरामीको उपचारमा हाल सम्म करिव ४ लाख खर्च भैसकेको छ भने उपचारमा अझै ५ लाख खर्च लाग्ने बिरामीका श्रीमान सुनिल पौडेलले बताउनु भयो ।

साथै उक्त कार्यक्रममा नेपाली माइकल ज्याक्सन नामले परिचित दोलखाका रेवन सापकोटालाइ पनि मिलिजुली टिकटक परिवारले सम्मान स्वरुप नगद २५ हजार हस्तान्तरण गरेको थियो ।

हाल माइकल ज्याकसनको नामले चिनियका रेवन सापकोटा नेपाली गीत संगीतलार्इ बिश्व बजारमा चिनाउने र नेपाली पुराना मठ मन्दिर र पर्यटकीय स्थलहरुलाइ बिश्व सामु प्रचार गर्ने अभियानमा लागेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४