Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अफ्ठ्यारो परिस्थितिमा सरकारले गरेको संसद विघटन संवैधानिक नै हाे : मन्त्री तुम्बाहाम्फे


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २० २०७७
  • 5.2K
    SHARES

विराटनगर, /   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मंत्री डा.शिवमाया तुम्बाहाम्फेले संसदीय अभ्यास र अफ्ठ्यारो परिस्थितिमा सरकारले गरेको प्रतिनिधि सभा विघटन संवैधानिक रहेको बताउनु भएको छ ।

सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तुम्बाहाम्फेले दुई तिहाई नजिकको मत रहेको सरकारलाई पार्टीभित्रैबाट काम गर्न नदिइएपछि जनताको फ्रेस म्याण्डेट लिन निर्वाचनमा जान लागेको धारणा व्यक्त गर्नुभयो । उहाँले निर्वाचनमा जानु भनेको संविधान कार्यान्वयन हुनु र संविधानले गतिशीलता प्राप्त गर्नु भएकाले यसलाई प्रतिगमन भन्न नमिल्ने बताउनुभयो ।

सञ्चारकर्मीले गरेको प्रश्नको जवाफमा उहाँले अदालतमा विचाराधीन रहेको मुद्धाको विषयलाई लिएर आफुले केही नबोल्ने बताउनु भयो ।
डा. शिवमाया तुम्बाहाम्फे, मंत्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मंत्रालय ।

पूर्व उपसभामुख समेत भईसक्नु भएको मंत्री डा.तुम्बाहाम्फेले सभामुखले पदको मर्यादा र गरिमा राख्दै निष्पक्ष र स्वतन्त्र हुनुपर्नेमा पार्टीको निर्देशन अनुसार काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले संवैधानिक परिषदलाई निकम्मा बनाएर सरकारलाई पंगु बनाउने कार्य भएकाले नयाँ म्याण्डेटका लागि निर्वाचनमा जानुको विकल्प नभएको बताउनु भयो ।

उहाँले अझै पनि पार्टी विभाजन नभएको र एकता गरेर जानसक्ने धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४