Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विशङ्खुनारायणको महास्नान रोकियो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २० २०७७
  • 6.5K
    SHARES

प्रत्येक वर्ष पौष कृष्ण षष्ठीका दिन नारायणको महास्नान गरिने चलनानुसार आजको दिनमा महास्नान गरिने गरिएको विशङ्खुनारायण पूजा व्यवस्थापन समितिका सचिव दिवाकर सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुत्केरो चोखिएपछि उत्तम साइतमा महास्नान गर्नेछाँै । कुन दिनमा हुन्छ भन्ने कुरा छलफलपछि मात्र थाहा हुन्छ ।” सुवेदी परिवारले विशङ्खुनारायणलाई इष्ट देवताको रुपमा पुज्ने भएकाले आफूहरुमार्फत नै सो महास्नान गरिने गरिएको सचिव सुवेदीले जानकारी दिनुभयो ।

गोदावरी नगरपालिका–२ मा अवस्थित सो नारायण मन्दिरमा हरेक वर्ष हरिबोधनी एकादशीको दिन मेला लाग्ने गर्छ । चार नारायणमध्ये विशङ्खुनारायणलाई माइला नारायणका रुपमा पुज्ने गरिन्छ । हरेक ठूलो एकादशीको दिन तुलसीसँग भगवान विष्णुको विवाह हुने भएकाले मकवानपुर, धादिङ, नुवाकोट, काभ्रेलगायतका स्थानबाट दर्शनार्थी विशङ्खनारायण आउने गर्छन् । भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामाकरण भएको स्थानीयवासी गोविन्द विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४