Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उद्यमी बन्न चाहनु हुन्छ ? अब एपबाटै बिजनेस प्लान


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २० २०७७
  • 8.1K
    SHARES

काठमाडौं । रोजगारीका अवसर सिर्जना गर्न र युवालाई उद्यमी बनाउन बैंकहरुले विभिन्न शीर्षकमा सहुलियत ऋण उपलब्ध गराइरहेका छन् । शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने व्यवस्था पनि गरेको छ ।

तर, सस्तो व्याजमा पाइने उद्यमशील कर्जाको पनि राम्रो उपयोग हुन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जम्मा ६८ जनाले शिक्षित युवा स्वरोजगार कर्जा लिएका छन् ।

सरकारले २०७५ सालमै उद्यमशील बन्न चाहनेहरुलाई विभिन्न शीर्षकमा सहुलियत ऋण उपलब्ध हुने व्यवस्था गरेको थियो ।

बैंकहरुले सहुलियत कर्जा दिन खोज्दा पनि धेरै लगानी हुन सकेको छैन । कृषि र महिला उद्यमशील कर्जा तुलनात्मक हिसाबले राम्रै लगानी भए पनि अन्य क्षेत्रको सहुलियत कर्जा राम्ररी गएको छैन ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहाल व्यवसायिक योजना बनाउन नसक्नुलाई यसको एउटा कारण मान्छन् । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको भनाइ पनि उस्तै छ । उनी भन्छन्, ‘कर्जा चाहियो भनेर मात्र हुँदैन, राम्रो व्यवसायिक योजना नभई बैंकहरुले विश्वास गर्दैनन् ।’

अब बिजनेस प्लान बनाउन पनि सहज हुने भएको छ । यसका लागि निड्स नेपालले ‘विज शूत्र’ नामक एप बनाएको छ । साना तथा मझौला उद्यम सम्बन्धी सेवा दिँदै आएको निड्स सन्चालक सगुन पुडासैनी यस क्रममा बिजनेस प्लान अत्यावश्यक देखेर एप ल्याएको बताउँछन् ।

  • केहीबेरमै तयार हुन्छ बिजनेस प्लान

उनका अनुसार, उद्यम गर्न चाहने तर व्यवासयिक योजना बनाउन अलमल भइरहेकाहरुका लागि यो एप उपयोगी बन्नेछ । स्मार्ट फोनमा प्लेस्टोरबाट यो एप डाउनलोड गरेर आफूले बनाउन चाहेको बिजनेस प्लानबारे जानकारीहरु दिएको आधा घन्टादेखि दुई घण्टासम्ममा बिजनेस प्लान तयार हुन्छ ।

पुडासैनी भन्छन् ‘आफूले सन्चालन गर्न चाहेको नयाँ व्यवसाय वा सन्चालन भइराखेको व्यवसायको तथ्यांकीय सूचनाहरु उद्यमी स्वयंले एपमा प्रविष्ट गरेपछि त्यसैको विश्लेषणबाट स्वतः बिजनेस प्लान बन्छ ।’

उनका अनुसार बिजनेस प्लानमा व्यवसायको व्यवस्थापकीय पक्ष, बजार योजना, वित्तीय विश्लेषण -नाफा नोक्सान विवरण, प्रति इकाइ लागत, लगानीमा प्रतिफल, पारविन्दु, लगानी फिर्ता हुने समय, आवश्यक सुरु पुँजी, व्यवसायको नगद प्रवाह), व्यवसायको सबल पक्ष, अवसर तथा चुनौती जस्ता पक्षहरु समेटिएको हुनेछ ।

यो मोबाइल एप नेपाली भाषामा तयार गरिएकाले प्रयोग गर्न सजिलो रहेको, व्यवसायिक योजना विज्ञहरुको संलग्नतामा तयार गरिएकोे र दर्जनौं उद्यमीले परीक्षण गरेर मन पराएको दाबी पुडासैनीले गरे ।

कम समय र लागतमा व्यावसायिक योजना तयार गर्ने यो एपले बैंक तथा वित्तीय संस्थाहरुले तोकेको ढाँचा समेटेको उनी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४