४० जना प्रदेशसभा सदस्यको उपस्थितमा बसेको बैठकले भण्डारीलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएर सम्पूर्ण कामको जिम्मेवारी सचेतक सौभाग्यवी राईलाई दिइएको नेकपा संसदीय दलका उपनेता टंक आङ्बुहाङले बताए ।
‘प्रमुख सचेतकलाई हटाएर सबै जिम्मेवारी सचेतकलाई दिने निर्णय भएको छ,’ उनले भने, ‘ संसदको कार्यव्यवस्था समितिमा प्रतिनिधित्व गर्ने सदस्य पनि परिवर्तन गरेका छौं ।’
यस अघि राजभण्डारी र इन्द्रमणी पराजुली समितिमा प्रतिनिधित्व गर्थे । आइतबारको बैठकले संसदको कार्य व्यवस्था समितिमा प्रतिनिधित्व गर्नका लागि प्रदेश सांसद लिलाबल्लब अधिकारी र उपेन्द्रप्रसाद घिमिरेलाई तोकेको छ ।
