काठमाडौं, / मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले गाउँपालिका अध्यक्षको कार्यशैली लगायतको कुरामा असन्तुष्टि जनाउँदै राजीनामा दिनुभएको हो ।
उहाँले दिएको राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले जानकारी दिनुभयो । रासस