Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्बिनीलाई १० विकेटले पराजित गर्दै प्रदेश १ फाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १८ २०७७
  • 7.2K
    SHARES

उपाधिका लागि एपीएफसँग खेल्ने

दाङ । घरेलु टोली लुम्बिनी प्रदेशलाई पराजित गर्दै प्रदेश १ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

दाङको लमहीमा शनिबार भएको दोस्रो सेमिफाइनलमा लुम्बिनीलाई १० विकेटले पराजित गर्दै प्रदेश १ ले फाइनलमा विभागीय टोली एपीएफसंग उपाधि भेट पक्का गरेको हो । शनिबारै भएको पहिलो सेमिफाइनलमा साविक विजेता एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

लमही क्रिकेट मैदानमा लुम्बिनीले  दिएको ५३ रनको सामान्य लक्ष्य प्रदेश १ ले ८.५ ओभर खेल्दै बिना क्षति पूरा गर्‍यो । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले अविजित २६ रन बनाइन् भने काजल श्रेष्ठ २२ रनमा अविजित रहिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १४.१ ओभरमा ५२ रन जोड्दा सबै विकेट गुमाएको थियो । लुम्बिनीका लागि नितु भण्डारीले २१ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् ।

संगिता राई र निग्मा तामाङले २-२ तथा कप्तान रुविना क्षेत्रीले १ विकेट लिइन् ।

प्रतियोगिताको उपाधिका लागि आइतबार एपीएफ र प्रदेश १ बीच फाइनल खेल हुनेछ । विजेताले नगद ५ लाख प्राप्त गर्नेछन् भने उप -विजेताले ३ लाख पाउनेछन् । सेमिफाइनलबाट बाहिरिएका दुई टोली सुदूरपश्चिम र लुम्बिनीले समान २५ हजार प्राप्त गर्नेछन् ।

यस्तै  सर्वोउत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार , उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४