Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्च बारबाट एमिकस क्युरीमा अधिकारी र शाक्य छानिए


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १७ २०७७
  • 2.7K
    SHARES

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले संसद विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले मागेकाे एमिकस क्युरीका लागि नाम पठाएको छ ।

शुक्रबार सर्वोच्च वरिष्ठ अधिवक्ताहरु खगेन्द्रप्रसाद अधिकारी र पूर्णमान शाक्यको नाम पठाएको सर्वोच्च अदालत बार एशोसिएसनका सचिव शुभनराज आचार्यले जानकारी दिए ।

अधिकारी सर्वोच्च बारका वर्तमान अध्यक्ष हुन् भने शाक्य नयाँ कार्यकालका लागि हालै निर्वाचित भएका हुन् ।

संसद विघटनविरुद्ध परेको रिटमा सर्वोच्चको संवैधानिक इजलासले नेपाल बार एशोसिएसनसँग ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनसँग २ जना एमिकस क्युरी माग गरेको थियो ।

अदालतले कुनै महत्वपूर्ण विषयमा सुझाव लिनका लागि एमिकस क्युरी माग गर्ने प्रचलन छ । एमिकस क्युरीलाई अदालतको साथी पनि भन्ने गरिन्छ । एमिकस क्युरीले संविधान, कानुन र आफ्नो विवेकको आधारमा अदालतले खोजेको विषयमा राय दिनेछ ।

नेपाल बार एसोसिएसनले एमिकस क्युरीको रुपमा वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीलाई चयन गरेको छ ।

संसद विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले पुस २२ गतेका लागि पेशी तोकेको छ र त्यसपछि निरन्तर सुनुवाइ हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४