काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको बताएको छ । प्राधिकरणले बिहीबार एक प्रेश विज्ञप्ति जारी गर्दै राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमताभन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा अवरोध भएकपनि लोडसेडिङ नभएको बताएको छ ।
‘विगत ३ वर्षअघि नै लोडसेडिङ अन्त्य गरिसकेको, फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको र छोटो समयलाई विद्युत आपूर्तिमा अवरोध हुन गएको व्योहोरा आम विद्युत उपभोक्ता, मिडियाकर्मी, पत्रकार र सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
विभिन्न कारणले विद्युतका पोलहरू सार्न, ट्रान्सर्फमर प्रतिस्थापन गर्न, वितरण प्रणालीका पुराना संरचनाहरू मर्मत संभार तथा बदली गर्ने काम सकेर विद्युत आपूर्ति सूचारु गर्ने गरिएको प्राधिकरणको दावी छ ।
पुस १३ र १४ गते राष्ट्रिय विद्युत प्रणालीमा केही समय आएको अवरोधले प्राविधिक समस्या आएको र भारप्रेषण केन्ऽ र ग्रीड सञ्चालन विभागमार्फत निराकरण गरिसकिएको विज्ञप्तिमा उल्लेख छ ।