Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश खेलकुद परिषदको नियुक्तिमा प्रदेश सरकारसँग लिखित जवाफ माग


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १५ २०७७
  • 4.4K
    SHARES

काठमाडौं । कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिको विषयमा उच्च अदालत सुर्खेतले प्रदेश सरकारसँग लिखित जवाफ माग गरेको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुर्खेतको नाममा कारण देखाउ आदेश जारी गरेको हो । त्यस्तै अन्तरिम आदेशको छलफलका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

गत साता कर्णाली प्रदेशको मन्त्रिपरिषद बैठकले कालिकोटका विश्वमित्र सन्ज्याललाई कर्णाली प्रदेश खेलकुद परिषदको सदस्यसचिवमा नियुक्त गरेको थियो । यस्तै सुर्खेतका प्रमोद हमाल उपाध्यक्ष, दैलेखकी हेमा खड्का, हुम्लाका टक्कबहादुर शाही, जुम्लाका सरोज शाही, सल्यानका भुमाकुमारी बुढाथोकी र जाजरकोटका मोहनराज घर्तीलाई सदस्यमा नियुक्त गरिएको थियो ।

तर सदस्य सचिवको नियुक्ति कानुनसम्मत नभएको दावी गर्दै ऋषि गिरीले कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुर्खेतविरुद्ध सोमबार मुद्दा दायर गरेका थिए ।

अब दुवै पक्षलाई अदालतले यही पुस २० गते छलफलका लागि बोलाएको छ ।

कर्णाली प्रदेश खेलकुद परिषदको सदस्य सचिवका लागि सिफारिस समितिले १० जनाको नाम सर्टलिस्ट गरेको थियो । त्यसमध्ये १० औं नम्बरमा रहेका सन्ज्याललाई नियुक्ति गरिएपछि सर्टलिस्टको दोस्रो नम्बरमा नाम रहेका गिरीले ऐनमा व्यवस्था भएअनुसार खेककुद परिषदमा नियुक्ति नभएको दाबी गर्दै रिट दायर गरेका छन् ।

उनले सदस्य सचिव नियुक्त भएका व्यक्तिको खेल क्षेत्रको अनुभव नपुगेको दावी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४