Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली र प्रचण्डबीच फोनवार्ता, सीता दाहालको स्वास्थ्य लाभको कामना


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १५ २०७७
  • 7.9K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन सम्वाद भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि पहिलो पटक ओली र प्रचण्डबीच टेलिफोन वार्ता भएको हो ।

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना भएपछि ओलीले टेलिफोन गरेका थिए । ओलीले फोन गरेर सिताको स्वास्थ्य अवस्था सोधेको ओली समूहका नेता सुवास नेम्वाङले बताए । ‘टेलिफोन गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो । त्यसपछि आफ्नो तर्फबाट विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङ आउादै हुनुहुन्छ है भन्नुभयो’, नेम्वाङले भने ।

यसपछि पौडेल र नेम्वाङ भैंसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेका थिए । अस्पताल पुगेर सीताको स्वास्थ्य लाभको कामना गरेर उनीहरु फर्किएका छन् ।

सीता दाहाललाई आकस्मिक समस्या देखिएपछि बुधबार मात्र अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४