Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनताको फोन–ट्याप गर्ने कानुन बनाउँदा समर्थन, आफ्नो फोन–ट्याप हुँदा विरोध


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १५ २०७७
  • 7.4K
    SHARES

काठमाडौं । रोल्पामा मंगलबार आयोजित कार्यक्रममा निवर्तमान मन्त्री एवं नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरूको कल–ट्यापिङ गरेको आरोप लगाए ।

संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षद्वारा आयोजित कार्यक्रममा नेता पुनले भने, ‘सबै नेताहरूको टेलिफोन ट्यापिङ भइरहेको छ, नेताहरूले फोनमा गोप्य कुरा गर्न मिल्दैन, सञ्चारका साधनहरूमा कुरा गर्न नमिल्ने गरी नेताहरूलाई आतंकित गरिएको छ, हाम्रो जस्तो लोकतान्त्रिक संविधान भएको मुलुकमा यो स्वीकार्य हुन सक्दैन ।’

नेता पुन ५ पुसमा सामूहिक राजीनामा दिनुअघिसम्म उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री थिए । उनी सदस्य रहेको मन्त्रीपरिषद्ले कल–ट्यापिङ गर्ने ऐनको विधेयक ल्याएको थियो ।

२५ मंसिर २०७६ मा प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा दर्ता गरेको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा बकाइदा फोन–ट्यापिङ गर्न पाइने प्रस्ताव गरिएको छ ।

विधेयकमा सूचना संकलन तथा प्रतिगुप्तचरी क्रियाकलापका सिलसिलामा संदिग्ध वा निगरानीमा रहेका व्यक्ति, संघ संस्थाबाट सार्वजनिक सञ्चार माध्यम वा अन्य माध्यमबाट भएका कुराकानी, श्रव्य, दृश्य वा विद्युतीय संकेत वा विवरणलाई निगरानी, अनुगमन र इन्टरसेप्सन गर्न तथा अभिलेख गर्न पाइने उल्लेख छ ।

सञ्चार सञ्जाललाई अनुगमन वा निगरानी गरी आवश्यकता अनुसार विषयवस्तु प्राप्त गर्ने कार्यलाई ‘इन्टरसेप्सन’ भनिन्छ । टेलिफोन, मोबाइल वा इन्टरनेटमाध्यमबाट गरिने संवाद तेस्रो पक्षले निगरानी वा रेकर्ड गर्नु ‘फोन ट्यापिङ’ हो ।

नेकपा नेता पुनको भनाइलाई विश्वास गर्ने हो भने प्रधानमन्त्री ओलीले त्यही गरेका हुन् । विधेयकमा अधिकृत तहको कर्मचारीले नै जसको मनलाग्यो उसैको टेलिफोन ट्यापिङ गर्न पाइने स्पष्ट व्यवस्था छ ।

राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृतले चाहेमा जुनसुकै व्यक्तिको कम्प्युटर, टेलिफोन, मोबाइल फोन, इन्टरनेट वा दूरसञ्चार माध्यम वा सोबाट भएको दुरसञ्चारसम्बन्धी विवरण, संकेत वा सूचना माग्न सकिने प्रावधान ऐनमा राख्न खोजिएको छ । जबकी मौजुदा ऐन अनुसार अदालतको निर्देशनमा बोहक यस्तो सूचना माग गर्न पाइँदैन ।

पूर्वमन्त्री पुनले ‘हाम्रो जस्तो लोकतान्त्रिक संविधान भएको मुलुकमा टेलिफोन ट्यापिङ स्वीकार्य हुन सक्दैन’ भनेका छन् । आफू सरकारमा रहँदा ठिक लागेको कुरा अहिले सरकार बाहिर हुँदा उनलाई बेठिक लागेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४