Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खुंखार अपहरणकारी सेठ्ठी र महत समूहका सदस्य पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १५ २०७७
  • 5.2K
    SHARES

काठमाडौं । खुंखार अपहरणकारी उदय सेठ्ठी र प्रह्लाद महतको समूहका एक जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

बालाजुका व्यापारी बाबुराजा रावललाई १ पुस २०६५ मा अपहरण गरी साढे १ करोड रुपैयाँ फिरौती असूली गरेको प्रकरणमा संलग्न रहेको अभियोगमा सर्लाहीका कुमार बुढाथोकी पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुढाथोकीलाई भारतको दार्जिलिङबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो । स्रोतका अनुसार बुढाथोकी दार्जिलिङमा छद्म नाम राखेर बसेका थिए ।

नेपालमा अपहरण र फिरौती असूलीको अपराध भित्र्याउने अमर टण्डन समातिएपछि उनका सहयोगी महत र सेठ्ठीको मातहतमा रहेर बुढाथोकीले काम गरेका थिए ।

२०६६ को पुस अन्तिमतिर प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले सेठ्ठी, महतसहित विष्णु जिसी, टासी गुरुङ, विकास कार्कीलाई पक्राउ गरेपछि यो समूह ध्वस्त भएको थियो ।

अपहरणकारीको समूहमा लाग्नुअघि बुढाथोकी चोरी र डकैतीमा संलग्न थिए । उनी २०६४ सालमा बानेश्वर प्रहरीको हिरासतको भ्यान्टिलेसन तोडेर भागेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४