काठमाडौँ / राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति रामेछापको नयाँ नेत्रृत्वमा सोनु रोका चयन भएका छन । शनिबार मन्थलीमा आयोजित चौथो जिल्ला अधिबेशनबाट सोनु रोकाको नेत्रृत्वमा २१ जनाको नयाँ कार्यसमिति चयन भएको छ । रोका समाजसेवा क्षेत्रमा पहिले देखि नै उडाउदै आएका व्यक्ति हुन् । सरल मिलनसार स्वभावका कारण पनि उनि सबै तिर उदाएका हुन् रोका समाजसेवा क्षेत्रमा पहिले देखि नै उडाउदै आएका व्यक्ति हुन् ।
निबर्तमान अध्यक्ष् यनिक विफा घिसिङको अध्यक्षतामा भएको उक्त अधिबेशनको उदघाटन बागमति प्रदेश सभासदस्य शान्तिप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । घिसिङको दुई बर्ष कार्यकाल पुरा भएपछि विधानअनुसार नयाँ कार्यसमिति चयन भएको आयोजकले जनाएको छ ।
संघका केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्की, महासचिव विक्रमजंग शाह, केन्द्रिय सदस्य कुमार कार्की, बागमति प्रदेश कोषाध्यक्ष गोविन्द गौतम, सल्लाहकार लेखबहादुर कार्की, पुर्ण सुवेदी, इन्चार्ज शिवसागर खड्का लगाएतको उपस्थितिमा सम्पन्न भएको अधिबेशनबाट अध्यक्षमा सोनु रोका बरिष्ठ उपाध्यक्ष तिर्थविरक्त पाख्रिन, प्रथम उपाध्यक्ष लेखबहादुर विक, महिला उपाध्यक्ष सावित्रा भुजेल, उपाध्यक्ष रमेशकुमार थापा, सचिवदोय राम वि.पी. मगर, अनिता थापा मगर चयन भएका छन् ।
उक्त नयाँ कार्यसमितिको अन्य पदाधिकारीहरुमा प्रबक्ता मिलन घिमिरे, सह-सचिवमा नारायण थापा, कोषाध्यक्ष सुरुची मगर, सह कोषाध्यक्ष निकिता चौहान, सदस्य रामकुमार तामाङ, सुलोचना थापा, मुना सुवेदी, उज्वल भटटराई र सन्जिव बोहोरा चयन भएका छन् ।
नव निर्वाचित कार्यसतिमिको कार्यकाल दुई बर्षको हुने विधानमा उल्लेख छ ।
जन न्युज नेपाल खबरको तर्फबाट निर्बाचित सम्पुर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभ कामना ।