Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

६ हजार १ सय ३५ जनाको परीक्षण गर्दा ७ सय ८ संक्रमित थपिए


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १४ २०७७
  • 3.7K
    SHARES

काठमाडौं, /  मुलुकमा थप ७ सय ८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । जस्मा महिलाको संख्या २ सय ७० र पुरुषको संख्या ४ सय ३८ छ । पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ७ सय ८ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ३ सय ९८ जनामा संक्रमण फेला

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय ९८ जना संक्रमित फेला परेका छन् । जस्मा १ सय ५६ महिला र २ सय ४२ पुरुष छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २१ हजार ९ सय ६८ पुगेको छ । योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ९६ हजार ७ सय ८५ जना, ललितपुरमा १५ हजार १ सय ६९, भक्तपुरमा ८ हजार ८ सय २५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ३१ निको भए, ८ को मृत्यु

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ सय ३१ निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७ सय ३१ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ६ हजार ३ सय ९६ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ३ सय ६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार १ सय ३५ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १९ लाख २१ हजार ३ सय ६७ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ४० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४