Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केपी ओलीले संघीयता र लोकतन्त्रमाथि धावा बोले : अष्टलक्ष्मी शाक्य


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १४ २०७७
  • 2.8K
    SHARES

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले राजतन्त्र समेत असफल भएको संसद ढाल्ने कार्यमा केपी शर्मा ओली सफल हुननसक्ने बताएकी छन् । प्रदर्शनीमार्गमा जारी विरोधसभामा बोल्दै शाक्यले केपी ओलीले संघीयता र लोकतन्त्रमाथि धावा बोलेको पनि बताइन् ।

‘संघीय लोकतन्त्रमाथि ओली सरकारले धावा बोलेका छ । गणतन्त्रमाथि धावा बोलेको छ । संविधानमाथि कू गरेको छ’, उनले भनेकी छन् । संसद पुनर्स्थापना नभएसम्म संघर्ष निरन्तर अगाडि बढ्ने शाक्यले बताइन्

गणतन्त्रको प्रधानमन्त्री बनाइए पनि ओली निरङ्कुश शासक बनेको उनले आरोप लगाइन् । ‘केपी ओली, कमरेडविरुद्ध होइन, सर्वसत्तावादी ओली, स्वच्छेचारी ओलीविरुद्ध, निरङ्कुश ओलीविरुद्ध लड्नुपर्ने छ’, उनले भनिन् ।

शाक्यले कूप्रचारमा अल्मलिइकन संकल्पका साथ संघर्षमा अगाडि बढ्न आग्रह गरिन् । शाक्यले १६ वर्ष अगाडि दोस्रो जनआन्दोलनले निरङ्कुश राजतन्त्र अन्त्य गरेपनि फेरि संविधान, गणतन्त्रमाथि संकट आएकाले सडकमा उत्रनु परेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४