Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वभर सन् २०२० मा ५० पत्रकारको ह’त्या


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १४ २०७७
  • 3.4K
    SHARES

एजेन्सी,/सन् २०२० मा विश्वभरी कुल ५० पत्रकार तथा सञ्चारकर्मीहरुको ह’त्या भएको छ 

रिपोटर्स विथाउट बोडर्सले मङ्गलबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ह’त्याका अधिकांश घटना द्वन्द्वग्रस्त मुलुकहरुमा भएको उल्लेख गरेको छ । प्रतिवेदनले अपराध, भ्रष्टाचार, वातावरणलगायतका विषयमा खोजमुलक समाचार लेख्ने पत्रकारहरु बढी प्रभावित भएको औंल्याएको छ ।

ह’त्याका घटना विशेष गरेर मेक्सिको, भारत र पाकिस्तानमा भएको भन्दै त्यहाँका घटनाका बारेमा धेरै चर्चा प्रतिवेदनमा गरिएको छ ।पत्रकार ह’त्या सम्बन्धी घटनामध्ये ८४ प्रतिशत घटना नियोजित र योजनाबद्ध रुपमा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । जबकी गत बर्ष सन् २०१९ मा यस्ता घटना ६३ प्रतिशत मात्रै रहेको पनि बोडर्सले जनाएको छ ।

“यस संस्थाले लामो समयदेखि बार्षिक यस्ता प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ, तर यस्तो अवस्था कमै मात्रै देखिएको थियो,” रिपोर्टर्स विथाउट बोडर्सका प्रधान सम्पादक पौलिन अडेस मेभेलले भन्नुभयो ।

सबैभन्दा धेरै पत्रकारको ह’त्या मेक्सिकोमा भएको पाइएको छ । मेक्सिकोमा आठ पत्रकारको हत्या भएको प्रतिवेदनमा उल्लेख छ । उनीहरुको ह’त्या विशेष गरेर लागुऔषध ओसारपसार र राजनीतिक घटनासँग सम्बन्धित भएर गरिएको उहाँले जानकारी दिनुभयो । मेक्सिकोमा भएको ह’त्यामा संलग्नमध्ये कसैलाई कारबाही भएको छैन ।

अफगानिस्तानमा द्वन्द्वका क्रममा पाँच पत्रकारको ह’त्या भएको छ । शान्ति वार्ताको प्रयास भइरहे पनि अफगानिस्तानमा लामो समयदेखिको द्वन्द्व अझै कायमै छ ।

विश्वभरी अघिल्लो वर्ष सन् २०१९ मा ५३ पत्रकारको ह’त्या भएको थियो । त्यो अनुसार यस वर्षको सङ्ख्या भने कम भएको हो । कोरोनाभाइरसको महामारीका कारण हिं’सात्मक घटना कम भएको, पत्रकारहरु कार्यक्षेत्रमा कम गएकोलगायतका कारणले कमी आएको हुन सक्ने बोडर्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४