Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कलेजो प्रत्यारोपणका लागि १४ लाख सहयोग जुट्याे


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १४ २०७७
  • 12K
    SHARES

म्याग्दी, १४ पुस । यहाँका एक व्यक्तिलाई कलेजो प्रत्यारोपणका लागि करिब रु १४ लाख सहयोग जुटेको छ । कलेजोको समस्याले थलिएका धवलागिरि गाउँपालिका–७ धारापानीका ५३ वर्षीय खड्कबहादुर थापाको उपचारका लागि सोमबार रु १३ लाख ९६ हजार ३९६ सहयोग गरिएको हो ।

काठमाडौँ–धारापानी सम्पर्क समाजले स्वदेश तथा विदेशमा रहेकाहरुबाट सो रकम सङ्कलन गरेर थापाको कलेजो प्रत्यारोपणका लागि सहयोग गरेको जनाएको छ । अभियानको नेतृत्व गर्नुभएका समाजका अध्यक्ष क्याप्टेन भरतबहादुर थापाले सङ्कलित रकम थापालाई उपलब्ध गराइएको जानकारी दिनुभयो ।

“नामावली र ठेगानासहितको विवरण सोमबार सार्वजनिक गर्दै समाजले सहयोगदातालाई धन्यवाद ज्ञापन गरेको छ”, उहाँले भन्नुभयो, “सहयोग जुटाउन फलियागाउँ–काठमाडौँ समाजले पनि सघाएको थियो ।” नवलपुरको बेल्डीयाबाट केशरबहादुर थापा र डम्मरबहादुर थापाको संयोजकत्वमा रु ६८ हजार ५०५, कोरियाबाट कृष्णबहादुर थापाको संयोजकत्वमा रु ६९ हजार, जापानबाट काजी थापा, जीतबहादुर खत्री र अमृत थापाको पहलमा रु एक लाख ८८ हजार १९०, अष्टे«लियाबाट किसान पुन मगर, चक्रबहादुर थापा, भूपेन्द्र थापा, सन्तोष थापा र चन्द्रप्रकाश थापाको अगुवाइमा रु एक लाख ८७ हजार सङ्कलन भएको थियो ।

बेनीमा बस्दै आउनुभएका ५३ वर्षीय थापाको उपचारको क्रममा अर्थाभावपछि परिवारले सहयोगको अपिल गरेको थियो । ओमकुमारी शान्ति कोषले पनि थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । बेनीको न्यूरोडका व्यवसायी र थापाका आफन्त एवं धारापानीका बासिन्दाले पनि सहयोग गरेका थिए ।

निर्माणसम्बन्धी काम गरेर जीविकोपार्जन गर्दै आउनुभएका थापाको हाल भारतको मुम्बईस्थित नायर अस्पतालमा उपचार भइरहेको छ । थापाकी श्रीमती यामुले आवश्यक आर्थिक स्रोत जुटेपछि शल्यक्रिया गरेर कलेजो प्रत्यारोपणको तयारी भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४