Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्यायाधीशलाई रामचन्द्र पौडेलको आग्रह : संविधान राम्रोसँग पढिदिनुस्


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १३ २०७७
  • 4.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान मिचेको आरोप लगाएका छन् ।

संसद विघटनको विरोधमा सोमबार तनुहँमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले प्रतिनिधिसभा पनि पुनर्स्थापित नहुने र चुनाव पनि नहुने अवस्था आउन सक्ने बताए । उनले भने, ‘यो देशलाई अफगानिस्तान त बनाउन खोजिँदै छैन ?’

त्यसलाई रोक्न अझै एउटा विकल्प अदालत रहेको पौडेलले बताए । उनले भने, ‘सर्वोच्च अदालतका न्यायमूर्तिहरुलाई एउटै अनुरोध गर्न चाहन्छु, संविधानलाई राम्रोसँग पढिदिनुस् । संविधानको अक्षर, भावना र विधिदाताको मनसाय बुझ्नुस् ।’

संविधानको अक्षरमा प्रधानमन्त्रीले यसरी संसद विघटन गर्ने व्यवस्था नै नगरेको उनले बताए । भावना पनि संविधानले अस्थिरता नआओस् भन्ने कल्पना गरेको भन्दै उनले अघि भने, विधि दाता भनेको हामी हौं, संविधान हामीले बनाएका हौं । किन यस्तो संविधान बनायौं भन्दा पटकपटक संंसद भंग हुँदा राजनीतिक अस्थिरता भयो, नेपालले दुःख पायो । अब त्यता नलैजान र राजनीतिक स्थिरता होस् ।’

चुनाव हुँदा त आफूहरुलाई क्षणिक फाइदा हुने तर संसद विघटनले वैधता पाउँदा संविधान र लोकतन्त्र नै जाने भएकाले विरोधमा उत्रिएको नेता पौडेलले बताए ।

उनले संवैधानिक निकायहरुमा भएको विवादास्पद नियुक्ति सिफारिसको विरोध गरे । आफूले गरेका अपराध, भ्रष्टाचार छिपाउन लुकीचोरी गरेर आयोगहरु बनाएको र संसदले अस्वीकार गर्ने भएपछि त्यसलाई नै भंग गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४