Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद् विघटनको विरोधमा कांग्रेस रामेछापको अर्धनग्न प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १३ २०७७
  • 3K
    SHARES

रामेछाप, १३ पुष । नेपाली कांगे्रस जिल्ला कार्यसमिति रामेछापले प्रतिनिधिसभा विघटनको विरोध गर्दै सोमवार (आज) अर्धनग्न प्रदर्शन गरेको छ ।

मन्थलीको वीपी चोकबाट व्यानरसहित निकालिएको प्रदर्शनमा सहभागी कार्यकर्ताहरुको टाउकोमा कालो रुमाल बाधेका थिए भने छात्तीमा नेपाली काँग्रेस जिन्दावाद, केपी ओली मुर्दावाद, संसद विघटन खारेज गर लगाएतका विभिन्न नारा लगाएका थिए ।

उक्त प्रदर्शन मन्थली बजार परिक्रममा गरी स्थानीय देवकोटा चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेपाली काँग्रेसका पूर्वसभापति रामचन्द्र खड्काले २००७ सालबाट पुस १ गतेलाई कालो दिवसको रुपमा मनाउँदै आएको काँग्रेसले २०७७ सालवाट पुस ५ गतेलाई कालो दिवसको रुपमा मनाउन लागेको जानकारी दिए ।

उनले भने, ‘अहिलेको नेकपाका प्रधानमन्त्री केपी ओलीलाई संविधान विघटन गर्ने अधिकार संविधानले दिएको छैन ।’ संविधानमै नभएको बिषय उठाएर संविधान विघटन गर्नु गैर जिम्मेवार काम भएको नेता खड्काले बताए ।

त्यसैगरी सोही विरोध कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति लवश्री न्यौपानले जबजब देशमा संकट आउँछ त्यो समयमा काँग्रेस जुरुक्कै उठेर नेपाली जनता, नेपालको संविधान र सिङ्गो संविधानको संरक्षण गर्ने गरेको जानकारी दिए ।

उनले भने, ‘नेपालको इतिहास हेर्नुस ७ साल, ३६ साल, ४६ र ४७ साल र ६२ र ६३ सालको जनआन्दोलन र संविधान निर्माण गर्ने काम काँग्रेसले गरेकाले संविधानको संरक्षण पनि काँग्रेसले मात्रै गर्न सक्छ ।’

संसद विघटनको विरोध कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका पदाधिकारी, महासमितिका सदस्यहरु, महाधिवेशनका प्रतिनिधिहरु, विभिन्न भातृ संघसंगठनका नेता तथा कार्यकर्तालगाएत ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४