Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कैलालीमा २ जना प्रहरी हत्याका मुख्य आरोपी पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १३ २०७७
  • 3.5K
    SHARES

कैलाली । कैलालीमा गत कात्तिक १ गते २ जना प्रहरीको हत्या भएको घटनाका मुख्य आरोपीलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको तस्करको समूहबाट हत्या भएको थियो ।

उक्त घटनाको मुख्य योजनाकार भन्दै प्रहरीले धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुकबहादुर भन्ने अमर रानालाई सोमबार सार्वजनिक गरेको छ । केराउ तस्करी गरिरहेको बेला पक्राउ गर्न खोज्दा तस्करहरुको समूहबाट २ प्रहरीको हत्या भएको थियो

घटनाको २ महिनापछि कैलाली फूलबारीबाट राना पक्राउ परेका हुन् । घटनापछि मुख्य योजनाकार राना भारततर्फ भागेको प्रहरीको भनाइ छ । उनी आइतबारमात्र नेपाल प्रवेश गरेका थिए ।

‘आइतबार भारतबाट आएको सूचना पछि हामीले पक्राउ गरेको हौँ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले, ‘घटनाका मुख्य योजनाकार यही हो ।’

मुख्य योजनाकार भनिएका राना यसअघि पनि अवैध ढङ्गबाट सामान तस्करीमा संलग्न रहेको प्रहरीको दाबी छ । उनी नेपालबाट भारत र भारतबाट नेपालमा आउने सामान तस्करी गर्ने कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रमुख प्रहरी उपरीक्षक जबराले बताए ।

यसरी भयो घटना

कात्तिक १ गते करिब २५ लाख रुपैयाँ भन्दा बढीको केराउ तस्करीको जिम्मा स्थानीय तस्कर सुकबहादुर रानाले पाए । उनले आफ्नो सम्पर्कमा रहेका अन्य ८ जना तस्करहरूलाई आफ्नै घरमा बोलाए । उनीहरूले त्यहाँ मदिरा सेवन गरे । त्यही बेला उनकै घरबाट घरेलु हतियारसमेत लिएर उनीहरू नेपालबाट केराउ भारत पुर्‍याउन लागे ।

‘कसैले बाधा सिर्जना गरे प्रतिकार गर्ने ढङ्गले उनीहरू तस्करीमा हिँडेका थिए’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले अनलाइनखबरलाई भने, ‘तस्करी नियन्त्रण गर्न खोज्दा २ जना प्रहरीको हत्या भयो ।’

प्रहरी सहायक निरीक्षक गोविन्द विकको शव घटना भएको भोलिपल्ट दिन अर्थात् कात्तिक २ गते र प्रहरी जवान राम बहादुर साउदको शव कात्तिक ४ गते मोहना नदीमा फेला पर्‍यो ।

प्रहरीले यसअघि धनगढी उपमहानगरपालिका– १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २० वर्षीय राजेन्द्र राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने राम गोपाल रानालाई पक्राउ गरेको थियो । त्यसपछि धनगढी उपमहानगरपालिका–१० का २० वर्षीय रोहित राना पनि पक्राउ परेका थिए ।

नेपालबाट भारत केराउ तस्करी गर्न लगाउने धनगढीका व्यापारी राजीव गुप्तालाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

मङ्सिर ८ गते कैलाली जिल्ला अदालतले प्रहरी हत्यामा संलग्न ८ जनालाई पूर्पक्षका लागि कारागार चलान गरेको थियो भने व्यापारी गुप्ता १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४