Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घनश्यामको प्रश्न : वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १२ २०७७
  • 2.4K
    SHARES

बुटवल । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले मध्यावधि चुनाव गर्नका लागि घोषणा नगरिएको बताएका छन् । चुनावमा जाने बाटो, प्रयोजन र प्रकृया सबै गलत भएको भन्दै उनले वैशाखमा चुनाव हुन्छ भनेर कसैले नपत्याउने बताए । तिलोत्तमामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?’ उनले संसद पुनर्स्थापित हुने चार महिना पनि नलाग्ने उनले बताए । नेता भुसालले भने, ‘राजाले विघटन गरेको संसद त आन्दोलनको बलमा पुनर्स्थापना गरियो, अहिले नहुने कुरै छैन ।’ संसद पुनर्स्थापना नभए संविधान च्यातिन शुरु हुने र संविधान विरोधीले टाउको उठाउने मौका पाउने भुसालले औंल्याए ।

पार्टीका सबै कमिटी र संसदीय दलमा समेत अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विधि विधान विपरित संसद विघटन गरेको उनले बताए । प्रधानमन्त्रीको कदमको विपक्षमा ओली समूहकै धेरै नेता रहेको भुसालको दाबी छ । पार्टीले सररकारलाई काम गर्न नदिएर संसद विघटन गर्नु परेको भन्दै ओली पक्षको दाबी उनले अस्वीकार गरे । तत्कालीन कृषिमन्त्री समेत रहेका उनले एमसीसी पारित गर्ने विषयमा बाहेक पार्टीले सरकारलाई कुनै विषयमा अवरोध नगरेको दाबी गरे । एमसीसीका हकमा राष्ट्रको हितमा हुने गरी संशोधन गरेर मात्रै पारित गर्न पार्टीले सरकारलाई निर्देशन दिएको उनले स्मरण गरे ।

भेलामा पूर्वसभामुख ओनसरी घर्तीले पार्टीका सबै कमिटी र संसदीय दलका आफ्नो पक्षको स्पष्ट बहुमत रहेकाले आधिकारिक नेकपा आफूहरु नै भएको बताइन् । ‘हामी सबैतिर बहुमतमा छौं, सूर्य चुनाव चिन्ह पनि हाम्रै हुन्छ’, घर्तीले भनिन्, ‘वैधानिक हुँदाहुँदै पनि दिइएन भने सडक संघर्षबाट लिन्छौं ।’ओली समूहमा लागेका रामबहादुर थापा बादल पक्षका ७० प्रतिशत नेताहरु प्रचण्ड–माधव समूहमा आइसकेका र बाँकी पनि क्रमशः आउने उनले बताइन् । भेलामा केन्द्रीय सदस्य एवं प्रदेश सांसद दधिराम न्यौपाने, केन्द्रीय सदस्य हकिकुल्ला खां, जिल्ला सचिव निर्मल जीसी, खेम लुइटेल लगायतले बोलेका थिए ।

भेलामा करिब एक हजार जनाको सहभागिता रहेको सो समूहका नेता निर्मल जीसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४