Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनमा पाँच मध्ये एक जना उच्च रक्तचापबाट पीडित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १२ २०७७
  • 3.2K
    SHARES

एजेन्सी, १२ पुस । चीनमा हरेक पाँचमध्ये एक व्यक्तिमा उच्च रक्तचापको समस्या देखिने गरेको तथा अरु रोगभन्दा रक्तचापबाट सबैभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।एक अध्ययन अनुसार चीनमा करिब ३० करोड मानिसमा उच्च रक्तचाप देखिएको छ । चीनको राष्ट्रिय कार्डियोभास्कुलर डिजिज सेन्टरका प्रमुख हु शेङसाओले उच्च रक्तचापका बिरामीका लागि चीनमा बर्सेनि करिब ४ अर्ब ८८ करोड अमेरिकी डलर खर्च हुने गरेको बताउनुभयो ।

उच्च रक्तचाप रोकथाम तथा नियन्त्रण सम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उहाँले चीनमा मृत्यु र अशक्तताको प्रमुख कारकमा रक्तचाप देखिएको बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार उच्च रक्तचाप भएमा त्यसले मुटुमा गम्भीर क्षति पुग्ने, हृदयाघात हुने, मुटुले काम गर्न छाड्ने, मुटुको चाल अनियमित हुने, मृगौलामा क्षति पुग्ने तथा मुटुका धमनी फुट्ने वा बन्द हुन्छन् । यी गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिमा हृदयाघात हुने सम्भावना बढी हुन्छ ।

चिनियाँ नागरिकमा रहेका दिर्घ रोग र पोषण सम्बन्धी हालै गरिएका अध्ययनले १८ वर्ष वा सोभन्दा माथिको उमेरका व्यक्तिहरुमा उच्च रक्तचापका २७।५ प्रतिशत, मधुमेहका ११.९ प्रतिशत तथा उच्च कोलेस्टोरलका ८.२ प्रतिशत रहेको देखाएको छ ।

चीनले उच्च रक्तचाप, रगतमा चिनीको मात्रा बढी भएका र हाइपरलिपिडेमिया विरुद्ध जनवरीदेखि विशेष कार्यक्रम संचालन गर्ने तयारी गरेको छ । यी रोग भएका व्यक्तिको उपचार र नियन्त्रणमा सघाउँदै राम्रो व्यवस्थापन गर्ने उपायका बारेमा सचेतना फैलाउने चीनको योजना छ ।

यस कार्यक्रममा आबद्ध एक अधिकारी काई जूनले यस कार्यक्रमले प्रारम्भमा २ लाखभन्दा बढी व्यक्तिलाई समेट्ने र सन् २०२२ सम्ममा ३४ वटा जिल्ला र काउन्टीमा विस्तार गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४