Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

झापामा भेटियो पुरानो ग्रिनेड, सेनाद्वारा डिस्पोज


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १२ २०७७
  • 3.5K
    SHARES

झापा । झापाको गौरादह नगरपालिका–७ मा ग्रिनेड फेला परेको छ ।

माओवादी सशस्त्र द्वन्द्वका वेला राखिएको हुनसक्ने आशंका गरिएको ग्रिनेड शनिबार अपराह्न ४ बजेतिर १५ वर्षीय गरिमा भुजेलले फेला पारेकी थिइन् ।

टिकको बगानमा गाइवस्तु चराउन जाने क्रममा धमिराले खनेको दुलोमा ग्रिनेड फेला पारेपछि उनले स्थानीय ४० वर्षीय हिमा पौडेललाई खबर गरिन् ।

उनले प्रहरीलाई खबर गरेपछि अस्थायी प्रहरी चोकी, जुरोपानीबाट एकजना प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली गएको थियो । र, ग्रिनेड भेटिएको स्थानलाई सुरक्षित राखेको थियो ।

त्यसपछि नेपाली सेनाको चारआलीस्थित गणबाट टोली बोलाएर डिस्पोज गराइएको झापा प्रहरीका डीएसपी राकेश थापाले अनलाइनखबरलाई बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४