Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अदालतले गरेन भने विद्रोहले संसद पुनर्स्थापना गर्छ : भुसाल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १२ २०७७
  • 2.4K
    SHARES

बुटवल । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनको निर्णय संविधान, परम्परा र जनचाहना विपरित भएकाले पुनर्स्थापनाको विकल्प नभएको उनले बताए ।

पुष्पलाल मित्रता केन्द्र रुपन्देहीले आइतबार तिलोेत्तमामा गरेको पत्रकार भेटघाटमा नेता भुसालले विश्वका कुनै पनि सभ्य मुलुकमा जनताको चाहना विपरित गरिएको संसद विघटनलाई अदालतले सदर नगरेको बताए । ‘कार्यकारीले गल्ती गर्दा सच्याउनकै लागि अदालत चाहिने हो, नत्र त अदालत किन आवश्यक पर्थ्यो र ?’ भुसालले प्रश्न गर्दै भने, ‘अदालतले संविधान, जनचाहना र परम्परा हेरेर पुनर्स्थापना गर्छ भन्ने विश्वास छ । यदि अदालतले गरेन भने जनताको आन्दोलन र विद्रोहले संसद पुनर्स्थापना गरेरै छाड्छ ।’

प्रतिनिधिसभा पुनर्स्थापना नभए संविधानको उल्लंघन सुरु हुने र मुलुकमा अस्थिरता निम्तिने उनको धारणा छ । संसद विघटन गर्ने निर्णयले नेपाली जनताले ५० वर्षदेखि चाहेको समृद्धिको आकांक्षा तुहाएको र अस्थिरतालाई बल पुगेको उनले बताए ।

नेता भुसाल प्रचण्ड–माधव समूहले रुपन्देहीको तिलोत्तमामा गरेको जिल्ला भेलालाई सम्बोधन गर्न गृह जिल्ला आएका हुन् । लुम्बिनी प्रदेशका ९ जिल्लामा सो समूहले आइतबार जिल्ला भेला आयोजना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४