उनीहरूले ,काेराेना महामारीमा स्वास्थ्याकर्मीकाे साथ, जनाकाे स्वास्थ्यमाथि सरकारकाे घात’, ‘सरकार ! मलाई पीपीई खाेइ ?’, ‘सरकार स्वास्थ्यकर्मीकाे सुरक्षाकाे जिम्मा कस्काे ?’ लेखिएकाे प्ले कार्डसहित प्रदर्शन गरेका छन् ।
उनीहरूले कोभिड लगायत अन्य जटिल रोगको सबै उपचार राज्यले निशुल्क गर्नुपर्ने, आइसियु, भेन्टिलेटर लगायत उपकरणहरुको संख्या देशैभरका अस्पतालमा वृद्धि गरी सेवा विस्तार गर्नुपर्ने, निश्चित मापदण्डका आधारका सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन, आइसोलेसन र बिदाको व्यवस्थापन हुनुपर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्वास्थ्य सेवाबाट नै हुनुपर्ने लगायत १८ बुँदे माग अघि सारेका छन् ।
नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रतिगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन लगायत २३ वटा संघ संगठनले ऐक्यवद्धता जनाएका छन्।