Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशका ९ जिल्लामा प्रचण्ड-माधव समूहको जिल्ला भेला हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १२ २०७७
  • 7K
    SHARES

  • शीर्ष नेताहरुले सम्बोधन गर्ने

    बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आइतबार लुम्बिनी प्रदेशका ९ जिल्लामा जिल्लास्तरीय भेला गर्दैछ ।

    प्रदेशका १२ जिल्लामध्ये रोल्पा, नवलपरासी पश्चिम र प्युठान बाहेकका ९ जिल्लामा भेला हुन लागेको हो । जिल्ला भेलालाई सम्बोधन गर्न नेकपाका शीर्ष नेताहरु आउँदैछन् ।
    नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीका अनुसार रुपन्देहीको भेलालाई घनश्याम भुसाल, डा. विजय पौडेल, हकिकुल्ला खाँ, दधिराम न्यौपानेलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

    कपिलवस्तुमा चक्रपाणी खनाल -बलदेव), गिरिधारीलाल न्यौपाने, विष्णु पन्थीलगायतले सम्बोधन गर्दैछन् । दाङमा युवराज ज्ञवाली, कृष्णबहादुर महरा, मेटमणि चौधरी र बाँकेमा योगेश भट्टराई, पूण कुमारी सुवेदी, महेश्वर गहतराजलगायतले सम्बोधन गर्ने प्रदेश अध्यक्ष घर्तीले बताइन् ।

    यस्तै बर्दियामा हिमाल शर्मा, सन्तकुमार थारु, गुल्मीमा सुदर्शन बराल, दिनेश पन्थीलगायतले सम्बोधन गर्नेछन् ।

    स्थायी समिति सदस्य एवं पूर्वमन्त्री गोकर्ण विष्ट स्वास्थ्यमा समस्या आएका कारण जिल्ला भेलामा सहभागी हुन नसक्ने भएका छन् ।

    पाल्पाको भेलालाई नेता सोमनाथ पाण्डे, केन्द्रीय सदस्य ठाकुर गैरे, तुलामाराम घर्तीले सम्बोधन गर्नेछन् । अर्घाखाँचीको भेलालाई रामकुमारी झाँक्री, डिलाराम आचार्य र सुशीला श्रीपालीले तथा रुकुम पूर्वमा गणेशमान पुनले सम्बोधन गर्ने छन् ।

    रोल्पा, नवलपरासी पश्चिम र प्युठानको जिल्ला भेला भने भोलि हुने अध्यक्ष घर्तीले जानकारी दिइन् । लुम्बिनी प्रदेशका १२ जिल्ला अध्यक्षमध्ये दाहाल-नेपाल समूहतिर ६ जना जिल्ला अध्यक्ष खुलेर लागेका छन् भने ओली समूहतिर पाँचजना खुलेका छन् ।

    प्युठानका जिल्ला अध्यक्ष भने वामदेव गौतम समूहका भएकाले अनिणिर्त छन् । दाहाल-नेपाल समूहमा खुलेर लागेकाहरुमा रोल्पाका   सुरेन घर्ती , रुकुम पूर्वका मेघबहादुर श्रेष्ठ, नवलपरासी पश्चिममा भविश्वर तिवारी, दाङका टीकाराम खड्का, बाँकेका आईपी खरेल र बर्दियाका भवनकुमार थारु हुन् ।

    ओली समूहमा रुपन्देहीका शिवराज सुवेदी, कपिलवस्तुका झविलाल पोख्रेल, अर्घाखाँचीका चेतनारायण आचार्य, गुल्मी मधुकृष्ण पन्त र पाल्पा नारायण आचार्य खुलेर लागेका छन् ।

    प्युठानका तुलसीराम शर्मा वामदेव गौतम समूहका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४