Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्रीलाई गाउँपालिका अध्यक्षको चुनौती : आउनोस् चुनाव लडौं !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ११ २०७७
  • 3.2K
    SHARES

श्रममन्त्री गौरीशंकरको छलाङ ! कैलालीमा ओलीलाई गाली, काठमाडौँ सपथ !

 कैलाली । केही दिन अघिसम्म कैलालीमा रहेका श्रममन्त्री गौरीशंकर चौधरीले कैलालीका विभिन्न क्षेत्रमा आफूनिकटका कार्यकर्तालाई भेला गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरे । उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको बताए ।

सुरुदेखि नै नेकपा अध्यक्ष प्रचण्डनिकट रहेका पूर्वकृषि मन्त्री चौधरी दोस्रोपटक ओली क्याबिनेटमा सुटुक्क मन्त्री बनेपछि उनको निर्वाचन क्षेत्रमा तरङ्ग पैदा भएको छ ।
‘मङसिर ५ गते कार्यकर्तालाई भेला गरेर असंवैधानिक कदमप्रति लड्नुपर्छ भन्नुभएको थियो’ कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले भने, ‘हामीलाई प्रधानमन्त्री ओलीको विरोध गर्न लगाएर उहाँ उतै लाग्नुभयो ।’

मन्त्री चौधरीले जनताको भावनामाथि खेलेको अध्यक्षले आरोप लगाए । उनले मन्त्री चौधरीलाई चुनौती दिँदै भने, ‘आउनुहोस् तपाईंको पक्षमा धेरै कि मेरो पक्षमा धेरै हेरौँ ।’

गाउँपालिका अध्यक्ष चौधरीले मन्त्री चौधरीलाई आफूसँग चुनाव लड्नसमेत चुनौती दिए । गाउँपालिका अध्यक्ष चौधरीले सामाजिक सञ्जालमा पनि चुनौती दिएका छन् । उनले लेखेका छन्, ‘फेरि भन्न मन लाग्यो, तनहुँमा केपीलाई रामचन्द्रको च्यालेञ्ज, कैलालीमा गौरीशंकर र मेरो च्यालेन्ज ।’

प्रधानमन्त्रीको कदम गलत रहेको भन्दै कैलारी गाउँपालिका-१ हसुलियामा आयोजना गरिएको कार्यक्रममा बोल्दै चौधरी ।

प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्नुभन्दा अघिल्लो दिनसम्म पनि गौरीशंकर चौधरी प्रचण्ड-माधव समूहमै थिए । तर, मन्त्रीको अवसर पाएपछि उनले गुट परिवर्तन गरेको गाउँपालिका अध्यक्ष चौधरीले आरोप लगाए ।

यसअघि प्रचण्डनिकट भएकै कारण चौधरीले प्रतिनिधिसभा सदस्यको टिकट पाएका थिए । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्वसंविधान सभा सदस्य बीरभान चौधरीको पनि दाबी थियो । पछि बीरभान चौधरीलाई प्रदेश सभाको टिकट दिएर गौरीशङ्कर चौधरीलाई प्रतिनिधिसभामा चुनाव लडाइएको थियो । उनले काँग्रेसका रामजनम चौधरीलाई हराएका थिए ।

मन्त्री चौधरीलाई बैंकले कालो सूचीमासमेत राखेको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४