Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्रीबाट राजीनामा दिएका नेता भन्छन् : संसद विघटनलाई साथ दिने सरकार फेर्छौं


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १० २०७७
  • 4.7K
    SHARES

काठमाडौं । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीबाट राजीनामा दिएका अरुण नेपालले संसद विघटनलाई साथ दिने प्रदेश सरकार बदल्ने बताएका छन् ।

राजीनामा दिएपछि जन न्युज नेपाल खबरसँग कुराकानी गर्दै उनले भने ‘संसद विघटन गराउने लाइनको सरकार बदलेर कम्युनिष्ट पार्टीको सरकार बन्छ । हामीले त्यो प्रक्रिया शुरु नै गरिसक्यौं’, नेपालले भने ।

शुक्रबार नै बागमती प्रदेशसभाका ४५ सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न मन्त्री भइरहन अनैतिक हुने भएकाले पनि राजीनामा दिएको उनले बताए ।

‘संसद विघटनसँगै हाम्रो पार्टी फुट्यो । हामी संस्थापनतिर उभियौं । तर, यहाँ संस्थापनको विपक्षको सरकार थियो । त्यसैले मन्त्री भएर बसिरहनुभएन’, नेपालले भने । केपी ओलीले प्रतिमागी कदम चालेको र त्यही पक्षको बागमतीमा सरकार भएकाले पनि अविश्वासको प्रस्ताव दर्ता गराएको नेपालले बताए ।

अविश्वासको प्रस्ताव दर्ता गराउनुअघि प्रचण्ड र माधव नेपाल समूहका तीन मन्त्री (अरुण नेपाल, शालिकराम जमरकट्टेल र युवराज दुलाल) ले राजीनामा दिएका थिए ।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन भएपछि नेकपा विभाजित भएको छ । नेकपाको विवादको असर प्रदेशहरुमध्ये बागमती प्रदेशमा पहिले देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४